काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई विगतमा प्रदान गरेको ‘इक्रा एएमसी क्वालिटी थ्री’ रेटिङलाई पुनः पुष्टि गरेको छ । 

यो रेटिङ प्रदान गरिएको निकायको व्यवस्थापन गुणता पर्याप्त मात्रामा आश्वस्थ हुन सकिने भनि निर्धारण गरिएको हुन्छ । 

इक्रा नेपालले दिने राय व्यवस्थापकले व्यवस्थापन गरेको योजनाको कानूनी पालना, वित्तिय कार्य सम्पादन तथा भविष्यको कार्य सम्पादन बारेको राय भने होइन । इक्रा नेपालले एएमसी वान देखि एएमसी फाइभसम्मको स्केलमा रेटिङ प्रदान गर्दछ। जसमा एएमसी वानले अति उच्च मात्रामा ब्यवस्थापन गुणबारे आश्वस्थ मानिने र एएमसी फाइभले कमजोर व्यवस्थापन गुण जनाउँछ । गुणता रेटिङ २, ३ र ४ मा प्रयोग गरिने प्लास (जोड) चिह्नले त्यस वर्गको तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।