काठमाण्डौ । नेपालमा हार्डफोर्ड मोटरसाइलको आधिकारिक बिक्रेता इग्निसन अटो प्रालिले आफ्ना ग्राहकलाई कोरोनाकालमा दैनिक जीवनयापन, व्यावसायिक गतिशीलताका विषयमा अन्तक्र्रिया, आन्तरिक पर्यटन प्रवद्र्धन र सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रवाह गर्ने उद्देश्यका साथ शनिबार ‘भीआर एक्सप्लोरिङ एड्भेन्चर’ नामक टुरिङ कार्यक्रम आयोजना गरेको छ।
त्रिपुरेश्वरस्थित हार्डफोर्ड शोरुमदेखि सुरु भएको राइड हार्डफोर्डका नेसनल हेड समिर महर्जनले शुभारम्भ गरेका थिए। जुन सुन्धारा, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बुढानिलकण्ठहुँदै भोटेचौरसम्म पुगी विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी हार्डफोर्ड सर्भिस सेन्टर बोद्धमा पुगी सम्पन्न भएको थियो । राइडमा ३६ वटा हार्डफोर्ड सवार ४० जना राइडरले सहभागिता जनाएका थिए । १०५ किलोमिटर लामो मोटरसाइकल राइडका लागि रोड क्यापटेन मनीष बज्र शाक्य थिए ।
बिहानको ९.०० बजे त्रिपुरेश्वरदेखि सुरु गरिएको मोटरसाइकल राइड दिउँसो २ बजे भोटेचौर पुगी विभिन्न मनोरन्जनका कार्यक्रमहरु गरिएको थियो । बेलुकी ७ बजे इग्निसन अटो प्रालिको आधिकारिक सर्भिस सेन्ट्र बोद्ध पुगी समापन भएको थियो ।
लक्कीड्रबाट भुषणराज बज्राचार्य विजयी भएका थिए भने एआरएम रेस्लिङमा नन्द मर्हजन प्रथम भएका थिए। यसका साथै बिङ्गो फुल हाउस विजेता पनि भुषणराज बज्राचार्य नै भएका थिए। उनीहरु सबैलाई हार्डफोर्डका तर्फबाट उपहार पनि प्रदान गरिएको थियो ।
हार्डफोर्ड इन्डस्ट्रियल कम्पनी लिमिटेड ताइवान (चाइना) बाट उत्पादित मोटरसाइकल तथा स्कुटरको नेपालका लागि अधिकारिक वितरक इग्निसन अटो प्रालि नियुक्ति भएको छ । इग्निसन अटोले नेपालभर नै आफ्ना डिलर नेटवर्कमार्फत हार्डफोर्ड (भीआर) मोटरसाइकल तथा स्कुटरहरु को बिक्री एवंं बिक्रीपछिका सेवाहरु प्रदान गरिरहेको छ ।
हार्डफोर्ड (भीआर) नेपालमा सर्वाधिक लोकप्रिय नम्बर १ डर्ट बाइकका रुपमा स्थापित ब्रान्ड हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago