काठमाण्डौ । इजीलिंक रेमिट्यान्स प्रालि र महालक्ष्मी विकास बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ। 

सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल, अपरेसन म्यानेजर सालिक राम दाहाल र महालक्ष्मी विकास वैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, केन्द्रीय कार्यसञ्चालन विभाग प्रमुख रमेशकुमार साहले संयुक्त रुपमा हस्ताक्षर गरे। 

यस सम्झौताअन्तर्गत अव इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मासारी पेमेन्ट सर्भिसेस, अस्ट्रेलियाबाट इजीलिंक ट्रान्सफरका साथै SBL Remit, Remit2Nepal, Kamana Sewa Remit, ADB Remit, Lumbini Remit मार्फत आएको रकम महालक्ष्मी विकास बैंकको नेपालभरि छरिएर रहेका १०३ शाखाहरुमार्फत सहजै भुक्तानी लिन सकिने भएको छ। 

छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज हुने बताइएको छ। इजीलिंक रेमिट्यान्सले आफ्नो व्यवसाय विस्तारलाई तीव्रता दिँदै खाडी मुलुकलगायत विश्वका विभिन्न मुलुकहरुबाट समेत तत्कालै सेवा सुचारु गर्न लागिएको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी गराए।

हाल इजीलिंक रेमिट्यान्सले ग्राहकको चाहनालाई मध्यनजर गर्दै दक्षिण कोरिया, जापान, साइप्रस, अस्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकहरुबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ। विदेशबाट पठाएको रकम बैंक खातामा ५ मिनेटमै जम्मा हुने व्यवस्था पनि मिलाएको छ। 

ग्राहकहरुको सेवासुविधालाई मध्यनजर गर्दै रकम भुक्तानीमा कुनै समस्या परेमा कम्पनीको फोन नम्बर ०१—४३८८३७५ मा सम्पर्क गर्नका साथै भुक्तानी सेवा प्रदायक संस्थाहरुले समेत एजेन्ट भई काम गर्नका लागि कम्पनीको ई–मेल ष्लाय२भबकथष्लिपचझष्त।अयm।लउ मा कागजात पठाई वा सोझै कार्यालयमा सम्पर्क गरी एजेन्ट लिई सेवा सञ्चालन गर्न सकिनेछ। 

नेपालभरि छरिएर रहेका बैंक तथा वित्तीय संस्था, सहकारी, फाइनान्स कम्पनी, भुक्तानी अजेन्टहरुसहित देशभरि रहेका ७ हजारभन्दा बढी एजेन्ट सञ्जालहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सकिने व्यवस्था रहेको कम्पनीका अपरेशन म्यानेजर शालिकराम दाहालले जानकारी गराए।