काठमाण्डौ । ग्लोबल सेभेनले नेपाली बजारमा भित्र्याएको इटालियन ब्रान्ड इकोविटका विद्युतीय स्कुटरहरुमा सञ्चालन गरिरहेको मनसुन अफरको समय थप गरेको छ। 

कम्पनीले यही असार ८ गतेदेखि असार मसान्तसम्मका लागि भनेर लागू गरेको मनसुन अफरप्रति ग्राहकले देखाएको चासोका कारण यो स्किमलाई आगामी साउन १५ गतेसम्मका लागि थप गरिएको जानकारी गराएको छ। मनसुन अफरअन्तर्गत इकोविट ब्रान्डका हरेक मोडेलको नगद खरिदमा रु. २१ हजारको छुटको व्यवस्था गरिएको छ। यसका साथै १ बर्षको कर र बीमासमेत कम्पनीले नै गरिदिने तथा हरेक स्कुटरका साथमा एउटा रेनकोट र एउटा हेलमेट निःशुल्क दिनेछ। 

यो स्किमका साथै फाइनान्स र एक्स्चेन्जको समेत सुविधा रहेको कम्पनीले जनाएको छ। 

कम्पनीले पहिलो चरणमा इकोविट ब्रान्डका विभिन्न ४ मोडेल आरथ्री, आरथ्री प्रो, भ्याक्स र ई–रेट्रो स्टार नेपाली बजारमा उपलब्ध गराएको छ।