काठमाण्डौ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले आशाजनक स्टार्टअपहरूमा १०० मिलियन डलरसम्म लगानी गर्ने लक्ष्य राख्दै नयाँ उद्यम तथा एम एण्ड ए आर्मको सुरुवात गर्ने घोषणा गरेको छ ।

न्यू भेन्चर्सको भाईस प्रेजिडेन्टको रूपमा इनड्राइभमा सामेल भएका अनुभवी उद्यमी र लगानी व्यवसायी एन्ड्रिज स्मिथको नेतृत्वमा यो लगानी हुन लागेको हो ।न्यू भेन्चर्सको लगानी तिव्र बृद्धि र सकारात्मक सामुदायिक प्रभावमा केन्द्रित रहने बताइएको छ । 

कम्पनीको न्यू भेन्चर्स भाईस प्रेजिडेन्ट एन्ड्रिज स्मिथले कुनै समयको अन्डरडग र अहिलेको विश्वव्यापी कम्पनी—इनड्राइभ उदीयमान लगानीकर्ता भएको बताएका छन् । 

साथै, उनले मानिसहरूको जीवनमा सुधार गर्ने किसिमका आविष्कारहरु गर्ने उदीयमान कम्पनीहरूमा लगानी गर्दै इनड्राइभले सफल तर बेवास्ता गरिएका स्टार्टअपहरूलाई मद्दत गर्ने पनि बताएका छन् ।

उनले भने, ‘अन्यायलाई चुनौती दिने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउने लक्ष्य रहेको छ । उदीयमान बजारहरूमा आफ्नो उपस्थिति र द्रुत बृद्धिको फाइदा उठाउँदै इनड्राइभले विकसित देशहरूको तुलनामा पूँजीबजारमा न्यून पहुँच भएका यस्ता कम्पनीहरुमा लगानी गर्न खोजेको हो ।’

यो न्यू भेन्चर्स युनिटले आफ्नो लगानी रहेको र प्राप्ति गरेको कम्पनीहरुलाई आफ्नो प्लेटफर्ममार्फत् तिब्रगतिमा बढाउन केन्द्रित रहेको बताइएको छ । 
यसैगरी इनड्राइभका प्रेजिडेन्ट मार्क लक्रिनले परम्परागत इनोभेसन हबहरूभन्दा बाहिरका र बेवास्ता गरिएका तर उच्च बृद्धिको सम्भावना भएका स्टार्टअपहरू पहिचान गर्ने न्यू भेन्चर्सको मुख्य मिसन रहेको बताएका छन् ।
न्यू भेन्चर्सले लगानी गर्ने मापदण्डहरू यसप्रकार रहेको  छ :
● त्यस्तो मिशन जसले अन्यायलाई चुनौती दिन्छ र व्यक्ति एवम् समुदायको जीवनमा सुधार गर्दछ ।
● विश्वव्यापी विस्तारको सम्भावना भएका स्थानीय स्टार्टअपहरू ।
● पोस्ट–सीड/प्रि–सिरिजए कम्पनीहरू– प्रमाणित उत्पादन    बजार फिट भएका ।
● द्रुत अर्गानिक बृद्धि ।
● हेल्दी इकोनोमिक्स एन्ड क्यास फ्लो  ।