काठमाण्डौ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले इन्टेरियर डिजाइन क्षेत्रको विकास लागि सरकारले आवश्यक पहल र सहयोग गर्ने प्रतिबद्धता गरेकी छन्।
राजधानीमा इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपाल (आइडिया नेपाल) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले यस्तो प्रतिबद्धता गरेकी हुन्। उनले इन्टेरियर डिजाइन क्षेत्रको प्रयोग र विकासका लागि सरकारले आवश्यक पाइलाहरु चाल्ने पनि बताइन्।
कार्यक्रममा आइडिया नेपालकी अध्यक्ष विन्द्रा प्रधानले आइडिया नेपाल इन्टेरियर डिजाइनको उत्थान र प्रगतिका लागि लागि पर्ने बताइन्। उनले यो क्षेत्र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली, सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रको उत्पादकत्वसँग सम्बन्धित विषयवस्तु भएको हुनाले सरकार ले पनि नीति नियम बनाउँदा इन्टेरियर डिजाइनसम्बन्धी विषयवस्तु पनि समग्रमा समावेश गर्न आग्रह गरिन्।
कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा सराहनीय कार्य र योगदानका लागि रवीन्द्र पुरीलाई विशेष सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago