काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२२ का अवसरमा एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ कम्पनी प्रालिको गत शुक्रबार प्र्रदेश नं. १ को इलाममा ‘धितोपत्र बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम’ आयोजना गरेको छ।
धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्माको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा इलाम बजार तथा सो क्षेत्रआसपासका आमलगानीकर्ताको उत्साहपूर्ण सहभागिता थियो।
कार्यक्रममा नेपालको धितोपत्र बजारका विभिन्न जानकारीमूलक सामग्री प्रस्तुत गरीएको थिया।े त्यस अवसरमा नेपालको धितोपत्र बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्डका तर्फबाट सहायक निर्देशक हरिप्रसाद भुसालले र एनआईबिएल एस क्यापिटलका तर्फबाट म्युचुअल फन्ड विभाग प्रमुख पोस्कर बस्नेतले प्रशिक्षण दिएका थिए।
यसका साथै स्थानीय लगानीकर्ताका धितोपत्र बजारसम्बन्धी विभिन्न जिज्ञासाहरुको सम्बोधन र विभिन्न आयामहरुका बारेमा समेत छलफल भएको थियो।
कार्यक्रममा धितोपत्र बजारको ब्रोकिङ सेवा तथा यससम्बन्धी अन्य जिज्ञासाहरुका बारेमा मल्ल एन्ड मल्ल स्टक ब्रोकिङका प्रबन्ध निर्देशक परमेश्वरभक्त मल्लले सम्बोधन गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19