काठमाण्डौ। डिजिटल माध्यमबाट अन्तरदेशीय रेमिट्यान्स कारोबार गर्ने विश्वकै अग्रणी कम्पनी वर्ल्ड रेमिट र पछिल्ला दिनमा नेपालमा व्यापक रुपले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै विश्वभर रहेका वर्ल्ड रेमिटका ग्राहकले आफ्ना परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन्।
वर्ल्ड रेमिट अन्तरदेशीय डिजिटल रेमिट्यान्स कारोबार गर्ने संस्था हो। सम्झौतापछि वर्ल्ड रेमिटका साउथ एशिया कन्ट्री निर्देशक रूजान अहम्मदले भने, ‘नेपालले आफ्ना जनताका लागि तीब्र रुपमा डिजिटल रुपमा सेवा उपलब्ध गराइरहेको छ भने नेपाली जनताले पनि परिवर्तनलाई आत्मसाथ गरेको देखिरहेका छौँ। वर्ल्ड रेमिट यी घटनाक्रमलाई निरन्तरता दिन प्रतिबद्ध छ र त्यसका लागी हामीले इसेवा मनि ट्रान्सफरसँग सहकार्य गर्न पाउँदा अझै गौरवान्वित भएका छौँ’।
इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, ‘डिजिटल अन्तरदेशीय भुक्तानी सेवामा विश्वकै अग्रणी कम्पनी वल्र्ड रेमिटसँग साझेदारी गर्न पाउँदा हामी धेरै नै उत्साहित छौँ। यस साझेदारीले कम शुल्कमा रेमिट्यान्स भित्राउने हाम्रो अभियानमा अर्को एउटा थप आयाम हुने छ।’
यसैगरी वर्ल्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रमोकोड प्रयोग गरी पहिलोपटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने भएको छ। डिजिटल रेमिट्यान्स प्रवर्दन गर्ने उद्देश्यले वल्र्ड रेमिट र इसेवा मनि ट्रान्सफरले निशुल्क रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको हो। यो योजना आउँदो जुन ३० सम्म लागू हुनेछ।
विगत १० वर्षमा वल्र्ड रेमिटले लाखौँ ग्राहकका लागि एक विश्वसनीय, सुरक्षित र भरपर्दो विश्वव्यापी डिजिटल भुक्तानीको उत्कृष्ट प्लेटफर्मको निर्माण गरेको छ। वर्ल्ड रेमिट विभिन्न किसिमका भुक्तानीका विकल्पहरू प्रदान गर्दै अन्तराष्ट्रिय रेमिट्यान्समा रहेको उच्च लागत घटाउनका लागि पनि विभिन्न कार्य गर्दै आएको छ। अफलाइनमार्फत भइरहेको कारोबारलाई अनलाइनमा लगेर अन्तरदेशीय कारोबार गरी सुरक्षित, छिटो र कम लागतमा सेवा प्रदान गर्दै आइरहेको छ।
हाल वर्ल्ड रेमिटले १५० वटा भन्दा बढी देशमा आफ्नो सेवा दिँदै आइरहेको छ भने विश्वभर रहेका ६ हजार ५०० भन्दा बढी रेमिट्यान्स कम्पनीसँग सहकार्य गरेको छ। कम्पनीले १ हजार १०० भन्दा बढीलाई रोजगारी दिएको छ।
रेमिट्यान्स पठाउने सवालमा वर्ल्ड रेमिट सतप्रतिशत डिजिटल (नगदरहित) रहेको छ भने पैसा प्राप्त गर्नेहरुले आफ्नो बैंक खातामा, मोबाईल एयरटाइम टपअप, मोबाईल मनि तथा नगद संकलन गरेरसमेत प्राप्त गर्न सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago