काठमाण्डौ । पछिला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफर र अष्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीलाई रेमिट्यान्स भुक्तानी गर्न अझ सहज भएको छ।
नेपालीहरूले आफ्नो कम्युटर तथा मोबाइलबाटै कम लागतमा आफ्नो बैंक अकाउन्टमा तथा इसेवा वालेमा रियल टाइममा रेमिट्यान्स पठाउन सकिनेछ। साथै पेरू रेमिटमार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिनेछ।
सम्झौतापछि इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, ‘पेरू रेमिटसँगको सहकार्यले गर्दा हामीलाई अष्ट्रेलियामा रहनुभएको नेपाली दाजुभाइलाई नेपालमा पैसा पठाउने भरपर्दो माध्यम बनेको छ। यो सम्झौताले अन्तर्राष्ट्रिय विपे्रषणलाई डिजिटलिकरण गर्ने तथा गुणस्तरिय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पुर्याउने छ।’
यस्तै पेरू रेमिटका प्रबन्ध निर्देशक ईश्वर दाहालले भने, ‘अष्टे«लिया बसी हमी नेपालीले नेपालमा आफ्ना आफन्तलाई पैसा पठाउँदा व्यहोर्नुपर्ने झन्झट र पुग्छ कि पुग्दैन भन्ने डरलाई प्रविधिको प्रयोगबाट सुरक्षित सरल र बैधानिक माध्यमका रूपमा नेपाल पैसा पठाउन नेपालकै एक अग्रणी फिनटेक इसेवासँग सहकार्य गरि पेरू रेमिट अष्ट्रेलियाको रेमिट्यान्स सेवा लिएर तपाइँहरूको सेवामा आएका छौँ। यसका साथै विभिन्न गैरकानुनी ढंगबाट देशमा भित्रिने रेमिट्यान्सलाई वैधानिक तवरले भित्राउँदा देशको अर्थतन्त्रमा पनि केही टेवा पुग्ने आशा राखेको छु।’
पेरू रेमिट अष्ट्रेलियामा आधारित रेहर रेमिट्यान्स कारोबार गर्ने कम्पनी हो। जहाँबाट अष्ट्रेलियामा रहेका नेपालीहरूले सहज, सुरक्षित र कम लागतमा रेमिट्यान्स पठाउन सकिन्छ। पेरू रेमिटले डिजिटल माध्यमबाट छिटो, सस्तो र सुरक्षित तवरले रेमिट्यान्स पठाउन सकिने सेवा दिँदै आएको छ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago