काठमाण्डौ। इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजना अन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ। 

यस योजनाअन्तर्गत विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पैसा पठाएका हजारौँमध्ये गोलाप्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका पूर्णप्रसाद शर्मा विजेता घोषणा भएका हुन्। शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफरमार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेका थिए। उपहार चाहिँ विजेता स्वयं स्विडेनमै रहेकाले उनका प्रतिनिधिले लिएका छन्। 

विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवामनी ट्रान्सफरका प्रबन्धनिर्देशकअजेस कोइरालाले गरे। गत असोज २ गतेबाट सुरु भएर मंसिर २ मा समापन भएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनामा, बम्पर उपहार ‘होन्डा डिओ स्कुटी’ का अलावा मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजरेटर र दैनिक विजेतालाई मिक्सर ग्राइन्डर प्रदान गरिएको थियो। 

हाल इसेवामनी ट्रान्सफरको सेवा २६ अन्तर्राष्ट्रिय पार्टनरका माध्यमबाट संसारका २०० बढी मुलुकमा पुगिसकेको हुनाले योजनामा उल्लेखनीय सहभागिता देखिएको थियो।  इसेवामनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामाविपे्रषण रकम भित्र्याउँदै आएको छ। 

इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भ्ुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।