काठमाण्डौ । इसेवा मनी ट्रान्सफरले नेपालीको महान पर्व दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै ‘दसैँ–तिहारभर सयको अफर’ योजना सार्वजनिक गरेको छ। 

यस योजनाअन्तर्गत इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा रु. १०० बराबरको रिचार्ज जित्न सकिन्छ। इसेवा मनी ट्रान्सफरका एजेन्टमार्फत रकम प्राप्त गर्दा रु. १०० बराबरको रिचार्ज पाइनेछ भने सीधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा रु. १०० बोनस प्राप्त गर्न सकिनेछ। 

यो योजना मंसिर ६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। यो योजना विदेशबाट रेमिट्यान्स् पठाउनेको हकमा मात्र लागू हुनेछ। 

रेमिट्यान्स् क्षेत्रलाई सरल र छिटो बनाउन अग्रसर रहेकोे इसेवा मनी ट्रान्सफरले जापान, मलेसिया, बहराइन, अमेरिकाका साथै युरोपियन मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ। हालको विशम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स भित्र्याउन आफूहरुले काम गरिरहने कम्पनीको भनाइ छ।