काठमाण्डौ । विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपालको सबैभन्दा ठूलो डिजिटल  रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरुको आकर्षण बढ्दै गएको छ। 

वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्द्धनका लागि इसेवा मनी ट्रान्सफरले यो अभियान सुरु गरेको हो। हाल यस अभियानमा विदेशमा रहेका नेपालीहरुको उत्साहजनक सहभागिता देखिएको छ। नेपालीहरु हरेक दिन यस अभियानमा जोडिँदै जानेक्रम बढ्दो छ। यो अभियान आगामी आउँदो चैत ६ गतेसम्म सञ्चालनमा रहने छ।

यस अभियानअन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्। यसका साथै विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ। 

यस अभियानमा सहभागी भई इसेवा मनी ट्रान्सफरमार्फत रकम पठाउँदा हरेक महिना एकजनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाण्डौमा घर प्राप्त गर्नेछन्। 

‘आर्थिक बिकास बिना कुनैपनि राष्ट्र सम्मुनत बन्न नसक्ने भन्दै आर्थिक विकासका लागि देशभित्र र बाहिर रहेका नेपालीको योगदान पनि उत्ति नै महत्वपूर्ण हुने हुनाले इसेवा मनी ट्रान्स्फरले यस अभियान सञ्चालन गरेको हो’, इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘मेरो डिजिटल देश अभियानमार्फत विदेशमा रहेका समस्त नेपालीहरुलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पुर्याउन यस अभियानले मद्दत पुर्याउनेछ।’

यस अभियानमा महानायक राजेश हमाल पनि जोडिएका छन्। हमालले यस अभियानसँग जोडिएर देश तथा विदेशमा गई डिजिटल रेमिट्यान्ससम्बन्धी जागरुकता जगाउने कार्यमा सक्रियता जगाएका छन्। उनले केही दिनअघि मात्र करिब ४ लाख नेपाली रहेको यूएईमा गई यस अभियानको प्रवर्द्धन गरेका थिए। 

यसैगरी नायिका स्वस्तिमा खड्काले पनि यस अभियानको प्रचार–प्रसारमा क्रियाशील रहेकी छिन्। सोही क्रममा उनले हालसम्म हरेक महिना पाइने आकर्षक उपहारअन्तर्गत दुईजनालाई घरसम्मै पुगेर आकर्षक उपहारसमेत प्रदान गरेकी थिइन्। 

इसेवा मनि ट्रान्सफरले परम्परागतशैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।