काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा इसेवा मनी ट्रान्सफरका ब्रान्ड हिरोसमेत रहेका दयाहाङ राई संयुक्त राज्य इमिरेट्स् (यूएई) जाने भएका छन्।
इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत इमिरेट्स एक्सचेन्ज र इसेवा मनिट्रान्सफरको निम्तोमा अभिनेता राई मार्च ३ शुक्रबार यूएई जान लागेका हुन्। यूएई प्रस्थानपश्चात मार्च ३ शुक्रबार राईले शारजाहस्थित इमिरेट्स एक्सचेन्जका सज्जा–३ शाखामा बेलुका ६ बजेदेखि ७ बजेसम्म, मार्च ४ शनिवार दुबईस्थित सोनापुर शाखामा बिहानको ११ बजेदेखि १२ बजेसम्म, जेबेल अली शाखामा साँझको ५ बजेदेखि ६ बजेसम्म र ग्रान्ड हाइपर शाखामा बेलुकाको ६ः३० बजेदेखि ७ः३० बजेसम्म तथा मार्च ५ आइतबारका दिन अबुधावीस्थित मफराक सेन्टरमा दिउँसो २ः०० बजेदेखि ३ः३० बजेसम्म पाल्नुहुने नेपाली रेमिट्यान्स सेवाग्राही तथा त्यहाँ कार्यरत इमिरेट्स इन्टरनेसनल एक्सचेन्जका नेपाली कर्मचारीहरुसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको इसेवा मनी ट्रान्सफरले जनाएको छ।
अभिनेता राईले यस अभियानअन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहेका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताए। उनले यूएईमा आफूले सकेसम्म धेरै नेपालीसँग भेट्ने आकांक्षा रहेको बताए।
यसका साथै राईले पूर्वनिर्धारित कार्यक्रमस्थलमा समेत सहभागी हुन यूएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेका छन्। उनले यूएईमा कार्यरत नेपालीहरु बसोबास गर्ने विभिन्न स्थानमै गएर भेटघाट तथा डिजिटल रेमिट्यान्ससम्बन्धी अन्तर्क्रिया गर्ने कार्यक्रमसमेत रहेको कम्पनीले जनाएको छ।
इसेवा मनी ट्रान्सफरको मेरो डिजिटल देश अभियानले विश्वभरबाट नेपालमा बैंक खाता वा वालेटमार्फत रेमिट्यान्स भित्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यस अभियानमा सहभागीहरुलाई विभिन्न उपहारसमेत दिइरहेको छ। मेरो डिजिटल देश योजनाअन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने १ जनालाई काठमाण्डौमा घरसमेत दिने योजना इसेवा मनी ट्रान्सफरले अघि सारेको छ।
इमिरेट्स एक्सचेन्ज सन् १९८०मा स्थापित भएर यूएईमा बैंक ट्रान्सफर, अन्तर्राष्ट्रिय मुद्रा एक्सचेन्ज, मोबाइल मनी ट्रान्सफरलगायतका आधुनिक प्रविधिका डिजिटल सेवाहरु प्रदान गर्दै आइरहेको छ। विगत ३ दशकभन्दा ज्यादा समयदेखि ग्राहकलाई आफ्नो मनी ट्रान्सफरलगायतका अन्य सेवाबाट सन्तुष्टि प्रदान गर्दै यूएईमा एकदमै रुचाइएको यस कम्पनीले हाल यूएईका अधिकांश स्थानमा रहेका ३५ भन्दा बढी शाखाहरुबाट सेवाग्राहीलाई आफ्नो अमूल्य सेवा प्रदान गर्दै आइरहेको छ।
इसेवा मनी ट्रान्सफरले परम्परागतशैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६८ लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19