काठमाण्डौ । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका एजेन्ट नेटवर्क (जोन, पोइन्ट तथा क्यासपोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ। 

इसेवा मनी ट्रान्सफरले संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनीक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्र्याउँदै आएको छ भने इसेवाले नेपालमा भुक्तानी प्रणालीको सेवा दिँदै आएकोे छ। यी दुई कम्पनी एफवान सफ्न इन्टरनेसनलअन्तर्गतका भगनी संस्था हुन्। 

योसँगै अब विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत आएको रेमिट्यान्स इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्रसँगै अब इसेवा वालेटका देशभरि रहेका १ लाख ३० हजारभन्दा बढी जोन, पोइन्ट तथा क्यासपोइन्टमार्फत समेत पाइन्छ। त्यस्तै इसेवाका एजेन्ट नेटवर्कबाट इसेवा मनी ट्रान्सफर मार्फत मुलुकभर आन्तरिक रेमिट्यान्स पठाउन मिल्नुका साथै आफ्नो नाममा आएको रेमिट्यान्स प्राप्त गर्नसमेत सकिनेछ।

यसका साथै इसेवाका ५० लाख बढी प्रयोगकर्ताले इसेवा वालेटबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरी देशभरि आन्तरिक रेमिट्यान्स पठाउन सकिनेछ र विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै आफ्नो इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनससमेत प्राप्त गर्न सकिनेछ।

सन् २००९ मा स्थापना भएको इसेवा प्रालि नेपालको मात्र नभएर दक्षिण एसियकै पहिलो डिजिटल वालेट हो। नेपाल राष्ट्र बैंकबाट पेमेन्ट सर्भिस प्रोभाइडरको लाइसन्स प्राप्त इसेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरुको शुल्क भुक्तानी गर्न सकिन्छ। 

इसेवामा हाल ५१ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताको र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई १० हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवा वालेटका १ लाख ३० हजारभन्दा बढी एजेन्ट तथा क्यास प्वाइन्टमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेका छन्। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थालाई फिनटेकमा आधारित भक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।