काठमाण्डौ । डाबर नेपालले ‘बर्न इन्जुरीजको रोकथाम र उपचारका लागि राष्ट्रिय कार्यक्रम (एनपीपीटीबीआई) लाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउन्डेसन (ईएचसीएफ) सँग साझेदारी गरेको छ। 

जसअन्तर्गत कम्पनीले सामाजिक उत्तरदायित्व पहलअन्तर्गत ईएचसीएफलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । 

काठमाण्डौमा हालै आयोजित कार्यक्रममा कम्पनीकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राणा र नेपाल र म्यानमार– बिजनेस हेड हरकिरत बेदीले ईएचसीआरका संस्थापक अध्यक्ष अखिल शाक्यलाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कम्पनीका अनिल पुरी (हेड–एचआर), रोहित रौनियार (निर्देशक–ईएचसीआर) र उज्ज्वलविक्रम थापा (संरक्षक–ईएचसीआर) को पनि उपस्थिति थियो । ।उक्त सहयोगले ओगोको चोटहरुको रोकथाम र उपचारमा योगदान पुरयाउने बताइएको  छ।