काठमाण्डौ । हाउस अफ फेसन नेपाल र आइएमई पे (भोटिङ पाटर्नर) द्वारा सञ्चालित ‘ईएन भोग ८’ को अन्तिम अडिसन हिजो मंसिर ४ गते काठमाण्डौको गौरीधारास्थित भोजघरमा सम्पन्न भएको छ। 

यो प्रतियोगिता सन् २०२२ जनवरीको पहिलो साताबाट हुने अपेक्षा गरिएको छ। यो कार्यक्रम गत असार महिनामा हुने भनिए पनि लकडाउनका कारण स्थगित भएको थियो। करिब ६ महिनापछि हाउस अफ नेपाल नेपाल ईएन भोग ८ का साथ फिर्ता भएको हो।

हाउस अफ नेपाल नेपाली समुदायमा स्थानीय कला, फेसन तथा प्रतिभालाई प्रवर्द्धन गर्नमा दृढ विश्वास गर्छ। यो एउटा प्लेटफर्म हो, जसले आकांक्षी कलाकारहरुलाई उनीहरुमा लुकेका प्रतिभाहरु प्रदर्शन गर्न बजारमा एक्सपोजर प्रदान गर्छ। 

विगत ७ वर्षमा ईएन भोगका ७ सफल सिजनहरु सञ्चालन भइसकेका छन्।