काठमाण्डौ । परीक्षा शुल्क भुक्तानी र जागिरको आवेदनका लागि ईपीएस दर्ताको सफल एकीकरणपछि खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ। रोजगारीका लागि कोरिया जाने प्रक्रियामा रहेका प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क तिर्न सक्नेछन्।

नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त पहल हो, ईपीएस कोरिया। जसअन्तर्गत कोरियामा विदेशी कामदारहरुलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्नका लागि सरकारले ल्याएको प्रणाली हो। थप रूपमा खल्तीजस्ता डिजिटल वालेटमार्फत भुक्तानी प्रणाली सुरु गर्दा प्रक्रियालाई थप सहज र समय बचत हुनेछ।

यस सुविधाबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘अहिले डिजिटल भुक्तानी गर्ने क्षमता पहिलेभन्दा धेरै महत्त्वपूर्ण भएको छ। किनकि यसले प्रयोगकर्ताहरुलाई धेरै तरिकामा फाइदा पुर्याउँछ। हामी यस पहलसँग आबद्ध हुन पाउँदा गर्व गर्छौं र प्रयोगकर्ताहरुलाई सुविधाजनक भुक्तानी समाधान प्रदान गर्ने आशा गर्दछौँ।’

तल दिएको स्टेप्सअनुसार खल्ती प्रयोगकर्ताहरुले शुल्क भुक्तानी गर्न सक्नेछन्– 

  • खल्तीको होमपेजमा जानुहोस्
  • ‘पपुलर गभर्मेन्ट सर्भिसेस’ मा ट्याप गर्नुहोस्
  • ‘ईपीएस कोरिया व्यवस्थापन शुल्क’ छनौट गर्नुहोस्
  • आफ्नो राहदानी नम्बर दाखिला गरी विवरण भर्नुहोस्
  • भुक्तानी प्रक्रिया छनौट गरी भुक्तानी गर्नुहोस् 

वैदेशिक रोजगारमा जानेहरुले खल्तीमार्फत ‘रिलायबल सुरक्षित जीवन बीमा’ योजना पनि लिन सक्नेछन्। जसअन्तर्गत रु. ३ लाखसम्मको इन्स्योरेन्सको लाभ प्राप्त गर्न सक्नेछन्। यसका साथै प्रयोगकर्ताहरुले खल्तीबाट डीओईएफ बीमा र डीओईएफ वेलफेयरका लागि पनि भुक्तानी गर्न सक्छन्।

ISO 27001:2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाखभन्दा बढी प्रयोगकर्ताहरु र ६० हजारभन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको छ। 

सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ।