काठमाण्डौ । विश्वको विभिन्न प्रसिद्ध ब्रान्ड नेपालमा ३१ वर्षदेखि बिक्री गर्दै आएको बज्र ग्रुपअन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दसैँ अफर ल्याएको छ। कम्पनीले ‘लेभलिंगको सफर दसैँतिहारमा डबल’ अफर सञ्चालनमा ल्याएको हो। 

यस अफरमा घरमै बसेर एसएमएस EVNEPAL<space>1111 and send it to 35001 बाट १ लाखसम्म छुट पाउन सकिनेछ भने शोरुम गएर शोरुमले दिएको कोडमा एसएमएस गरेर फेरि छुट पाउन सकिनेछ। यसमा २ चोटी एसएमएसमार्फत डबल छुट पाउन सकिनेछ। जसमा रु. ७ हजारदेखि रु. ५ लाखसम्म छुट रकम म्यासेजमा आउनेछ र म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ। 

यसका साथै नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिनेछ। कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज गर्न सकिने पनि कम्पनीले जनाएको छ। 

यो स्कुटर जर्मन कम्पनीको बोसको मोटर्स प्रयोग गरिएको स्कुटर हो। फुल चार्जमा राम्रो माइलेज दिने हुनाले ग्राहकको माग बढदो छ। यस स्कुटरको ब्रान्ड एम्बेसेडरमा मिस इन्टरनेसनल २०१७ का विजयी नीति साह छिन्। लेभ्लिंग इलेक्ट्रिक स्कुटर चढेपछि खर्चको बचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्समा खर्च नहुने, वाताबरण स्वस्छ हुने हुनाले कम्पनीले यो दशै स्किम लागि गरेको हो। 

यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ।