काठमाण्डौ । नेपालको अनलाइनको दुनियाँमा एक विश्वासिलो साथका लागि हामीमाभ स्टप ग्य्राब प्रालिले ल्याएको छ, www.stopgrab.com।
कोभिड १९ सुरु हुनुभन्दा अगाडिदेखि नै करिब डेढ वर्षको गृहकार्यपश्चात आजको दिनमा बजारमा उपस्थिति देखाउँदा यस स्टप ग्रयाबको वेबसाइटमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न ५०० जना बिक्रेताको विभिन्न खालका सामग्री राखेर एक नौलो सुरुआत गरेको छ। यस अनलाइनको मुख्य लक्ष्य नै सर्वसुलभ रुपमा ग्राहकले खरिद गर्न सकुन् तथा बिक्रेताले सजिलो तरिकाले आफ्नो सामान बेच्न सकुन् भन्ने रहेको छ।
ग्राहकले बजारमा व्याप्त बिचौलिया तथा मोलमोलाइको समस्याबाट छुट्कारा पाउँछन् भन्ने विश्वास पनि कम्पनीले राखेको छ। यस अनलाइन प्ल्याटफर्ममा सानादेखि ठूलासम्म, बच्चादेखि बूढासम्मका लत्ता कपडा, घर सजावटका सामग्री, ग्रोसरिज, कस्मेटिक्स तथा विभिन्न भेराइटिका गुणस्तरीय सामग्री सुपथ मूल्यमा उपलब्ध गराइएको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार झा द्वारा गराइएको छ।
कम्पनीको वेबसाइटमा गएर ग्राहकले सजिलो तरिका साइन अप गरी लगइन गर्न सक्नेछन्। अनि वेबसाइटमा रहेको हजारौं सामग्रीमध्ये छानीछानी राम्रो मूल्यमा सामान खरिद गर्न सक्नेछन्। साथै विशेष सामग्रीमा विशेष छुट तथा अफरको सुविधाहरु पनि दिइएको कम्पनीले जनाएको छ। दसैँको खुसियाली बाँड्न कम्पनीले भाग्यमानी १० प्रिपेड भुक्तानी गर्ने ग्राहकका लागि दसैँ उपहारस्वरुप सतप्रतिशत नगद फिर्ता स्किम पनि ल्याएको छ।
अर्डरपश्चात सर्वसुलभ भुक्तानी तथा छिटोभन्दा छिटो होम डेलिभरीको सुविधा समेट उपलब्ध रहेको छ। मगाएको सामान आफूले भनेबमोजिम नभएमा ७ दिने रिटर्न पोलिसीसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
आजको डिजिटल दुनियाँमा नेपालभर आफ्नोे सामान सर्वसुलभ तरिकाले वितरण गर्दै खुसियाली बाँड्नका लागि स्टप ग्य्राब डट कम प्ल्याटफर्म बिक्रेताले प्रयोग गर्न सक्नेछन्। यसका लागि शुलभताका साथ अकाउन्ट रजिस्ट्रेसन गरी आफ्ना सामानहरु मुलुकभरी बिक्रीवितरण गर्ने सकिनेछ।
निकट भविष्यमा नै नेपाल भर ५०० भन्दा बढी जनशक्ति परिचालन गरी भारत, चीन, श्रीलंका, मलेसिया, सिंगापुर, अमेरिका, अष्ट्रेलिया तथा युरोपेली मुलुकहरुमा समेत आफ्नो सञ्जाल बढाई नेपाली सामान अन्तर्राष्ट्रियस्तरमा कारोबार गर्ने लक्ष्य रहेको कम्पनीका सीईओ सन्तोषकुमार झाले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19