काठमाण्डौ । हिम इलेक्ट्रोनिक्स प्रालिले डोको रिसाइक्लर्ससँग एक सम्झौतामा हस्ताक्षर गरेको छ।

आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरुको ई–फोहोर व्यवस्थापनका लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो। सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट  प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्छन्। यो सम्झौतासँगै यिनीहरुको काम वातावरणमैत्री व्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको छ।