काठमाण्डौ । कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ।

पुँजी बजारभन्दा बाहिर रहेका नयाँ लगानीकर्तालाई हितग्राहीखाताको पहुँच वृद्धि हुने विश्वासका साथ यस योजना ल्याइएको हो। साथै, डिम्याट खातासम्बन्धी समस्याहरुबाट गुज्रिरहेका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ।

यसका साथै क्यापिटलले उत्सवलाई महाउत्सव बनाउनका लागि ग्राहकमा विभिन्न योजना लागूसमेत गरेको छ। जसमध्येका योजनाहरु यस प्रकार रहेका छन्–

  • नेपाल सरकारको ‘एक नेपाली एक डिम्याट खाता’ अभियानअन्तर्गत निःशुल्क हितग्राहीखाता खोल्न सकिनेछ। खाता खोल्नका लागि अनलाइनमार्फत http://online.kumaricapital.com:8010 निवेदन दिन सकिनेछ तथा कुमारी बैंकका सम्पूर्ण शाखा कार्यालय र कुमारी क्यापिटलबाट खाता खोल्न सकिने।
  • निःशुल्क लगानी परामर्श।
  • खाता खोल्ने ग्राहकलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने।
  • आफूसँग भएको पोर्टफोलियोलाई निःशुल्क रिस्ट्रक्चरिङ र रिब्यालेन्सिङ सेवा प्रदान गरिने।
  • आफूसँग भएको भौतिक सेयरहरुलाई तुरुन्त डिम्याट खातामा ल्याउने व्यवस्था गरिने।
  • खातासम्बन्धी समस्याहरु परेमा ग्राहकले कुमार क्यापिटलको हट लाइन (०१–५९७००८२) मा फोन गरी समस्याको यथाशीघ्र निराकरण गरिने।

कुमारी क्यापिटलमा डिम्याट खाता खोली आफूसँग भएको ससानो पुँजीलाई लगानी गरी पुँजी निर्माण गर्ने बानी बसाली भोलिको गर्जो टार्न सक्ने पथमा अग्रसर हुनका लागि क्यापिटलले सबैमा अपिलसमेत गरेको छ। 

आजको सानो लगानी भोलिको सुनौलो बिहानी बन्ने भन्दै क्यापिटलले ल्याएका योजनाको समयमा नै फाइदा उठाउन समेत अनुरोध गरेको छ। यो योजना सीमित अवधिका लागि मात्र रहेको छ।