काठमाण्डौ । नेपालको ढुवानी क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल कम्पनी उपायले नयाँ वर्ष २०२३ को उपलक्ष्यमा आफ्नो फुलफिलमेन्टका ग्राहकलाई लक्षित गरी विशेष अफर ल्याएको छ।
यही पुस २४ देखि पुस ३० सम्म उपायले मात्र रु. ९९ मा नेपालभर डेलिभरी गर्दैछ। नेपालभरका व्यवसायका लागि सुविधाजनक र किफायती प्याकेज डेलिभरी सेवा सुपथ मुल्यमा फाइदा उठाउने यो दुर्लभ अवसर रहेको कम्पनीले जनाएको छ।
प्याकेज डेलिभरीका लागि ६५ भन्दा बढी ठाउँमा उपलब्ध रहेको उपाय फुलफिलमेन्ट, नेपालमा सञ्चालन हुने व्यवसायहरुका लागि एक प्रसिद्ध र भरपर्दो सेवा बनेको छ। यो विशेष प्रस्ताव व्यवसायहरुका लागि उपायका सेवाहरु प्रयोग गर्न वा छुट मूल्यमा उनीहरुको डेलिभरी आवश्यकताहरु भण्डारण गर्ने उत्कृष्ट मौका हो।
सीमित अवधिका लागि ल्याइएको यस योजनाको ग्राहकले बढीभन्दा बढी प्रयोग गरेर व्यावसायिक लाभ लिने कुरामा कम्पनी विश्वस्त छ। विस्तृत जानकारीका लागि कम्पनीको वेबसाइट पनि हेर्न सकिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19