काठमणडौ । नेपालको पहिलो अनलाइन लजिस्टिक प्लेटफर्म उपाय सिटी कार्गोले हालै आफ्नो सेवा विराटनगरमा विस्तार गरेको छ।
देशभर सेवा विस्तार गर्ने लक्ष्य लिएको उपाय सिटी कार्गोले हालसम्म काठमाण्डौ, बुटवल र भैरहवामा आफ्नो सेवा विस्तार गरी सामान ढुवानीको व्यवसायीमा ख्याती कमाउन सफल भएको छ। सोही प्रक्रियाअन्तर्गत प्रदेश १ मा व्यापारिक दृष्टिकोणले महत्वपूर्ण सहर विराटनगरबाट आफ्नो सेवाको विस्तार गर्ने जानकारी कम्पनीका मेनेजिङ डाइरेक्टर सुमन रायमाझीले बताए।
नेपालमै पहिलोपटक ढुवानी सेवा अनलाइन प्रविधिमार्फत ढुवानी व्यवसायी र ग्राहकलाई जोड्न सफल भएको छ। ग्राहकले ढुवानी सेवा लिनका लागि मोबाइलमा उपाय सिटी कार्गोको एप डाउनलोड गरी आफ्नो विवरण राखेर साइन अप गर्नुपर्नेछ। यसबाहेक ग्राहकले रिक्वेस्ट वेबसाइट, कलसेन्टर अथवा ई–मेल गरेरसमेत सेवा लिन सक्नेछन्।
ग्राहकको रिक्वेस्ट आएपछि एपमा आबद्ध भएका चालकको फोनमा अटोमेटिक म्यासेज जानेछ। त्यसपछि चालकले आफैँ रिक्वेस्ट एक्सेप्ट गर्न मिल्नेछ।
उपाय सिटी कार्गोको ढुवानी सेवा विराटनगरका साथै इटहरी, धरान, इनरुवा र उर्वाबारीसम्म पुर्याउने कामको थालनी दुई महिना अगाडिदेखि नै सुरु गरिएको जानकारी विराटनगरका निर्देशक दिवस दाहालले दिए। यसका साथै उनले हालसम्म २०० सवारीका चालकलाई यसबारेमा जानकारी गराइएको पनि बताए।
हालसम्म यो कम्पनीबाट देशभरबाट ३०० चालक, ७०० संस्थागत सेवाग्राही र व्यक्तिगत रुपमा सेवा लिनेको संख्या पनि ठूलो रहेको छ।
नेपालमा सस्तो, सजिलो र भरपर्दो ढुवानी सेवा प्रधान गर्ने उद्देश्य लिएको उपाय सिटी कार्गोमार्फत दुई किलोमिटर दूरीसम्म सामान ढुवानीका लागि ६०० रुपैयाँ लाग्ने र त्यसपछि क्रमशः किलोमिटरका हिसाबले ढुवानी खर्च लाग्ने कुरा विराटनगरका लागि फ्रेन्चआइच पार्टनर दाहालले बताए।
उपाय सिटी कार्गोको औपचारिक शुभारम्भ कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललाई प्रथम अथितिका रुपमा निमन्त्रण गरिएको थियो। उक्त कार्यक्रममा सहभागी हँुदै रिजालले अब ट्रेडिङका सामान एक स्थानबाट अर्को स्थानमा पुयाउने वैधानिक र संगठित कम्पनीको सुविधा सहरमा भित्रिएको जानकारी गराएका थिए। उनले सूचना र र प्रविधिको प्रयोग गरी ढुवानी क्षेत्रमा नयाँ सोचसहित विराटनगरमा आएको उपाय सिटी कार्गो स्वागत अनि प्रशंसा पनि गरे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago