काठमाण्डौ । उपाय सिटी कार्गो नेपालको एक प्रमुख प्रविधिपूर्ण लजिस्टिक कम्पनी हो। जसले आफ्नो सेवा विस्तार गर्ने क्रममा आज (साउन १८ गते)देखि नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको छ।
नेपालभर सानादेखि ठूला व्यापार तथा साधारण ग्राहकलाई समेत सेवा प्रदान गरी ढुवानी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउने लक्ष्य लिएको यो कम्पनीले ‘उपाय अन डिमान्ड’ र ‘मेरो उपाय’ जस्ता सेवाहरुको सफलतापछि तेस्रो सर्भिसको रुपमा उपाय फुलफिल्मेन्ट सर्भिसलाई ल्याएको हो।
नेपालमा व्यापारिक तथा निजी प्रयोजनका लागि सस्तो अनि भरपर्दो ढुवानी सेवा प्रदायकको ठूलो माग छ। सोही मागको पूर्ति गर्दै आएको उपाय सिटी कार्गोले आफ्नो नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’अन्तर्गत एक्कै साथ धेरै ठाउँमा सामान डेलिभरी गर्न सकिन्छ। यो सेवा प्रदान गर्न उपायले रुट प्लानिङ सिस्टमको प्रयोग गर्दछ। जसले ढुवानीमा लाग्ने समय र पैसा दुवैको बचत हुन्छ। यसको सोझै फाइदा ग्राहकलाई कम ढुवानी शुल्क र छिटो सामान डेलिभरीमार्फत पर्न जान्छ।
रुट प्लानिङ सिस्टमले सामानको डेलिभरी गर्नुपर्ने ठाउँअनुसार प्याकेजलाई छुट्याउछ र सोहीअनुरुप डेलिभरी जान्छ। यसका साथै उपाय फुलफिल्मेन्ट सर्भिसमार्फत एकैसाथ धेरै सामानको पिकअप, सोर्टिङ र बन्ड्लिङ र डेलिभरी गर्न सकिन्छ। यो सर्भिस खासगरी यस्तो व्यापारलाई उपयुक्त हुन्छ। जसले निरन्तर रुपमा धेरै सामानको एक्कैसाथ फरक–फरक ठाउँमा डेलिभरी अथवा पिकअप गर्नुपर्ने हुन्छ। यसका साथै ग्राहकको सहजताका लागि उपाय सिटी कार्गोेको आफ्नै मोबाइल एप छ। जसबाट ग्राहकले आफूलाई सहज हुने माध्यममार्फत सजिलै भुक्तानी गर्न सक्छन्।
उपाय फुलफिल्मेन्ट सर्भिसले ग्राहकलाई सम्पूर्ण ढुवानी सेवासँग सम्बन्धित सबै सेवा एकैठाउँबाट प्रदान गर्छ। ‘यो सेवालाई थप विस्तार गरी उपायले आगामी दिनमा नेपालका ३०० सहरमा आफ्नो डेलिभरी सेवा पुर्याउने योजना लिएको छ’, उपया सिटी कार्गोका एमडी सुमन रायमाझी भन्छन्।
हाल उपायको फुलफिल्मेन्ट सर्भिसले काठमाण्डौमा साना वस्तुहरुका लागि सुविधाजनक र किफायती डेलिभरी सेवाहरु प्रदान गरिरहेको छ। यो सेवा काठमाण्डौभित्र आफ्नो समान डेलिभरी गर्न डेलिभरी सेवा खोज्ने ग्राहकलाई उपयोगी हुन सक्छ।
‘उपाय फुलफिल्मेन्ट सर्भिसमार्फत ग्राहकले आफ्नो सामानलाई फुलफिल्मेन्ट सेन्टरमा पनि राख्न सक्नुहुन्छ। यो सेवा यदि तपाइँ काठमाण्डौमा अनलाइन व्यवसाय गर्दै हुनुहुन्छ अनि तपाइँ सबैभन्दा राम्रो, भरपर्दो र सस्तो डेलिभरी पार्टनर खोज्दै हुनुहुन्छ भने उपाय फुलफिल्मेन्ट तपाइँको लागि हुन सक्छ’, फुलफिल्मेन्टका निर्देशक सन्दीप सुवेदी भन्छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago