काठमाण्डौ । उल्फ एयर मास्क नेपाली बजारमा भित्रिएको छ।
कोरोना महामारीबीच उत्पादन सुरु गरिएको उल्फ एयर मास्क विश्व बजारमा छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ। जर्मन टेक्नोलोजी प्रयोग गरेर ‘अल अबाउट इनोभेसन्स’ नामक संस्थाद्वारा भारतमा निर्मित उक्त इलेक्ट्रोनिक्सलाई प्लानेट हेल्थ केयर प्रालिले नेपालको बजारमा ल्याएको छ।
हावामा रहेको विकार, किटाणु तथा अशुद्धतालाई ९९.९% नष्ट गरी स्वास फेर्न लायक हावा प्रबाह गर्ने उक्त उल्फ एयर मास्क पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी निर्माण गरिएको बताइएको छ। भारतलगायत विभिन्न देशबाट पुरस्कृत उल्फ एयर मास्क सिनेमा हल, शोरुम, रेस्टुराँ तथा क्लब, कर्पोरेट हाउस, अफिस, बैंक तथा फाइनान्स र घरका लागि उपयुक्त हुनुका साथै महामारी रोकथाममा टेवा पुग्ने बिश्वास कम्पनीले लिएको छ।
भित्तामा एयर कन्डिसनरजस्तै गरी राख्न मिल्ने उक्त इलेक्ट्रोनिक्सले के–कति रुपमा हावालाई शुद्ध बनाइरहेको छ भनी मोनिटरमा हेर्न सकिन्छ। कुनै गन्ध वा पदार्थ नफ्याकने उल्फ एयर मास्कले नेगेटिभ आयोन प्रवाह गरी किटाणु नष्ट गर्दै हावालाई शुद्ध बनाउँदछ।
एयर मास्क वान र एयर मास्क मिनी गरि हाल दुईवटा मोडलमा उपलब्ध उल्फ एयर मास्क क्रमशः १००० स्क्वायर फिट र ५०० स्क्वायर फिटका लागि डिजाइन गरिएको छ। नेपाली बजारअनुरुपको मूल्य, निःशुल्क जडान तथा मर्मत सुविधा र २ वर्षको वारेन्टी रहेको कुरा प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठले बताए।
कम्पनीका बैज्ञानिक तथा आविष्कारक बोनिफेस ग्यास्परले उल्फ एयर मास्क पूर्ण रुपमा स्वास्थ्यवर्द्धक र मेडिकल मापदण्डसहित प्रमाणित रहेको दाबी गरे। उल्फ एयर मास्कले भइपर आउने महामारी रोकथाम गर्नुका साथै सामाजिक स्वास्थ्य सुरक्षामा अतुलनीय योगदान पुर्याउने विज्ञहरु बताउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19