काठमाण्डौ । स्थापनाको पहिलो वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा ५ लाखभन्दा बढी डाउनलोड पुर्याउन सफल भएको छ।
सोही अवसरमा माइपे वालेटले माघ ३ र ४ गते बेलुका ४ बजेदेखि राति १२ बजेसम्म ५ प्रतिशत बढीमा रु. १०० सम्म क्यासब्याक अफर दिने जनाएको छ। स्थापना भई कार्य सञ्चालन गरेको पहिलो वर्षमै माइपे डिजिटल वालेटले यो सफलता हात पारेको हो।
माइपेमा प्लेस्टोर, एप स्टोर र वेब साइटसमेत गरी हालसम्म ८ लाखभन्दा बढी ग्राहक संख्या पुगिसकेका छन्। यो सफलताले निकै उत्साहित भएको माइपेका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार मेहताले बताए। ‘युवा ग्राहकको पहिलो रोजाइको वालेट भएकाले नै यो सफलता हाता पारेका हौँ’, उनले भने।
डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा सञ्चालनमा ल्याएको यस वालेटमार्फत ग्राहकले हवाई टिकट बुकिङ, मोबाइल टपअपसँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधाहरु दिँदै आएको छ। जसमा हरेक कारोबारमा आकर्षक क्यासब्याक तथा अन्य सुविधाहरु रहेका छन्।
यसका साथै यस वालेटबाट कुनै पनि कारोबार गर्दा माइपे क्वाइन प्राप्त गर्न सकिन्छ। जसको मूल्य १ क्वाइन बराबर रु १ नै हुन्छ। उक्त क्वाइन हरेक कारोबारमा प्रयोग गर्न सकिन्छ। यसका साथै कुनै पनि बैंक खातामा मात्र १ रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै अन्य विभिन्न सेवाहरु थप गर्दै लगिने कम्पनीले जनाएको छ। माइपे हालैमात्र फोनपे नेटवर्कमा जोडिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19