काठमाण्डौ । विश्वमै आपूर्तिभन्दा माग धेरै भएको विषयका रुपमा कहलिएको एक्चुअरियल साइन्स विषयको पठनपाठन नेपालमा हँुदै आएको छ।
भविष्यमा आउने जोखिम व्यवस्थापन गर्ने वा रणनीति बनाउने विशेषज्ञ नै एक्चुरी हो। वित्तीय क्षेत्रमा जीवन बीमा, निर्जीवन बीमा, बैंक, सञ्चयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका साथै लगानी व्यवस्थापन गर्ने निकायमा यसको प्रयोग हुन्छ। नेपालमा दक्ष जनशक्ति नहुँदा अहिलेसम्म नेपाली बीमा कम्पनीहरुले एक्चुरी रिपोर्टका लागि विदेशीको मुख ताक्नुपर्ने बाध्यात्मक परिस्थिति छ।
यसरी विदेशीको भर पर्दा एकातिर समयमा एक्चुरी रिपोर्ट तयार गर्न नसकी बीमा कम्पनीहरुले वार्षिक साधारणसभा समयमा गर्न नसक्दा संस्थाको सुशासनमै प्रश्न उठिरहेको र अर्कोतिर करोडौँ रुपैयाँ बाहिरिरहेको अवस्था छ। यस्तो अवस्थामा नेपालमै दक्ष जनशक्ति उत्पादन गर्नका लागि गणित विज्ञान स्कुलले स्नातक तहको एक्चुअरियल साइन्स विषयमा पठनपाठन शुरु गरेको छ।
कक्षा १२ वा सोसरहको परीक्षा उत्तीर्ण गरिसकेपछि के पढ्ने भनेर अल्मलिएका विद्यार्थीका लागि यो कोर्स कोशेढुंगा साबित हुनेछ। यो विषय पढ्नका लागि जुनसुकै संकायबाट कक्षा ११ र १२ वा सोसरहको परीक्षामा १०० पूर्णांकको म्याथम्याटिक्स वा बिजनेस म्याथम्याटिक्स विषय लिएर कम्तीमा द्वितीय श्रेणी वा ग्रेडिङ सिस्टममा हरेक विषयमा ‘सी’ ल्याएको हुनुपर्नेछ। यो योग्यता पुगेका विद्यार्थीले यही २ गते आइतबारसम्म गणित विज्ञान स्कुल बल्खुमा गई फारम भरेर स्कुलबाट सञ्चालन गरिने प्रवेश परीक्षामा सामेल भई मेरिट लिस्टका आधारमा ३६ जनाले भर्ना हुन पाउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19