काठमाण्डा। काठमाडौंको चावहिलस्थित एपेक्स लाइफ स्कुलका विद्यार्थीले आफ्नो खाजाको पैसा बचाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन्।विद्यार्थीले जम्मा गरको रकममा विद्यालयले पनि थपेर कुल १ लाख १ हजार ५ रुपैयाँ सहयोग गरिएको हो।

कीर्तिपुरमा मंगलबार आयोजित कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने तथा विद्यार्थीले आविष्कार  केन्द्रका सञ्चालक महावीर पुनलाई सहयोग रकम प्रदान गरेका छन् ।
नेपाली माटो सुहाउँदो ज्ञान, विज्ञान र अनुसन्धान गर्न स्थापित केन्द्रलाई सरकारले उपेक्षा गरेको अवस्थामा विद्यार्थीले जोगाएको खाजा वापतको रकममा विद्यालयले समेत थप गरी सो सहयोग प्रदान गरिएको निर्देशक न्यौपानेले बताए।
‘सरकारले सहयोग गर्नुपर्ने संस्थालाई रचनात्मक र सिजर्नात्मक काम भनेर सांकेतिक रुपमा हामीले सहयोग गरेका हौं,’निर्देशक न्यौपानेले भने।

ग्रामीण क्षेत्रमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील भएर देशविदेशमा विभिन्न पुरस्करबाट सम्मानित महावीर पुनले २८ वर्षदेखिआफु यो क्षेत्रमा निरन्तर क्रियाशील रहेपनि सरकारले चिन्न नसकेको बताउँदै अनुसन्धानका लागि सहयोग मात्र होइन न्यून ब्याजदरमा ऋणसमेत उपलब्ध नगराएको गुनासो गरे।
सो अवसरमा विद्यार्थीले महावीरपुनसँग उनका योजनाका बारेमा विविध छलफल गर्नुका साथै आविष्कारकेन्द्रको अभिरुचिपूर्वक अवलोकन समेत गरेकाथिए।