काठमाण्डौ । पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) म्यान्युफ्याक्चरिङ सेक्टरको आर्थिक अवस्था मापनको एउटा इन्डिकेटर हो। यसका माध्यमबाट कुनै पनि देशको आर्थिक स्थितिको आँकलन गर्न सकिन्छ।

पीएमआई सेवा क्षेत्रसमेत निजी क्षेत्रका अनेक गतिविधिहरुमा आधारित हुन्छ। यसमा प्रायः सबै देशको एउटै मापदण्ड हुन्छ। 

पीएमआईको मुख्य उद्देश्य इकोनोमीका बारे पुष्ट जानकारी आधिकारिक आँकडाभन्दा पनि पहिले उपलब्ध गराउने हो। जसबाट अर्थव्यवस्थाका बारेमा सटिक संकेत पहिले नै पाउन सकियोस्। 

पीएमआई ५ प्रमुख कारकमा आधारित हुन्छ। यी ५ प्रमुख कारकमा नयाँ अर्डर, इन्भेन्टरी स्तर, प्रोडक्सन, सप्लाई डेलिभरी र रोजगार वातावरण् समावेश छन्। 

आम रुपमा बिजनेस र म्यान्युफ्याक्चरिङको माहोल पत्ता लगाउनका लागि पीएमआईको सहारा लिइन्छ। सन् १९४८ मा अमेरिकास्थित इन्स्टिच्युट अफ सप्लाई म्यानेजमेन्ट (आईएसएम) ले पीएमआईको सुरुआत गरेको थियो। आईएसएम केवल अमेरिकाका लागि मात्र काम गर्छ। जब कि मार्किट ग्रुप विश्वका अन्य ३० भन्दा बढी देशका लागि पनि काम गर्छ। 

पीएमआई विश्वभरका कारोबारीहरुको गतिविधिहरुका लागि सबैभन्दा धेरै देखाइने सूचकांक हो। कम्पनी आफ्नो पीएमआई आँकडाहरुको स्पन्सरका नामका साथ प्रदर्शित गर्दछन्। 

यसरी काम गर्छ पीएमआई

पीएमआई एक मिश्रित सूचकांक हो। जसको उपभोग म्यान्युफ्याक्चरिङ र सर्भिस सेक्टरको स्थितिको आँकलन गर्नका लागि गरिन्छ। यो अलगअलग कारोबारी तरिकामा म्यानेजरहरुको रायका आधारमा तयार पारिन्छ। जसमा हजारौँ म्यानेजरहरुबाट उत्पादन, नयाँ अर्डर, उद्योगको आशा एवं आशंका र रोजगारसँग जोडिएका राय लिइन्छ। यसका साथै मेनेजरहरुलाई पछिल्लो महिनाको तुलनामा नयाँ स्थितिमा राय र रेटिङ दिन भनिन्छ। जसका आधारमा यो प्रत्येक महिना जारी गरिन्छ। 

पीएमआई आँकडामा ५० लाई आधार मानिन्छ। यसलाई जादुयी आँकडा पनि भनिन्छ। ५० भन्दा माथिको पीएमआई आँकडा कोरोबारी गतिविधिहरु विस्तार भइरहेको मानिन्छ। जब कि ५० भन्दा मुनिको आँकडा कारोबारी गतिविधिमा गिरावट आएको मानिन्छ। अर्थात ५० भन्दा माथि र तलको पीएमआई आँकडामा जति अन्तर हुन्छ त्यति नै कोरोबारी गतिविधि वृद्धि र कमी भइरहेको मानिन्छ।

यसरी निकालिन्छ पीएमआई

भारतमा म्यान्युफ्याक्चरिङ र सर्भिस सेक्टरमा पीएमआईको आँकडा लिइन्छ। सर्भिस पीएमआईमा ६ प्रकारका उद्योगलाई समावेश गरिएको छ। जसमा ट्रान्सपोर्ट र कम्युनिकेसन, फाइनेन्सियल इन्टरमिडिएसन, बिजनेस सर्भिसेज, पर्सनल सर्भिसेज, कम्प्युटिङ एन्ड आईटी र होटल्स वा रेस्टुराँ समावेश छन्। 

पीएमआईको आँकलनका लागि यी उद्योगसँग जोडिएका कम्पनीका म्यानेजरहरुलाई सर्भेका क्रममा प्रश्नहरु पठाइन्छ। कम्पनीको साइजका आधारमा यी प्रश्नको जबाफ ‘वेटेज’ मा दिइन्छ। यी वेटेजबाट पत्ता लगाइन्छ कि ती उद्योगको हालत सामान्य, खराब वा राम्रो छ भनेर। 

वेटेज प्रतिशतमा दिनुपर्ने हुन्छ। यदि हालत राम्रो छ भने १ प्रतिशतको वेजेट दिइन्छ। यदि कुनै परिवर्तन भएको छैन भने आधा वा गिरावटको स्थितिमा शून्य प्रतिशत वेटेज दिइन्छ।  

यो आँकलन यस किसिमले गरिन्छ कि जसमा ५० को लेवल सामान्य स्थिति मानिन्छ। अर्थात गविधिहरुमा कुनै परिवर्तन हुँदैन। जब कि योभन्दा माथिको स्थितिले कोरोबारी गतिविधि बढ्दै गएको देखाउँछ। त्यहीँ ५० भन्दा तलको स्थितिले कारोबारी गतिविधिहरु घट्दै गएको स्थिति देखाउँछ। 

पीएमआईले अर्थतन्त्रमा कस्तो असर पार्छ ?

पीएमआईको प्रासंगिकता पीएमआई सूचकांकको मुख्य सूचकांक मानिन्छ। यो कुनै खास सेक्टरमा भविष्यको स्थितिबारे संकेत दिन्छ। किनकि यो सर्भे मासिक रुपमा गरिन्छ। त्यसैले यसबाट आयमा बढोत्तरीको अनुमान लगाउन सकिन्छ। 

पीएमआईबाटै पत्ता लगाउन सकिन्छ कि आर्थिक गतिविधिहरुमा उछाल आएको छ वा छैन। यद्यपि पीएमआई सर्भे गर्ने क्रममा सोधिने प्रश्नहरुको जबाफमा यो निर्भर हुन्छ। हरेक त्रैमासमा म्यानेजरहरुबाट आउने जबाफहरुबाट विश्लेषण गरिन्छ। 

जो मानिस उद्योगका हिस्सा हुन्छ, उनीहरुका लागि पीएमआई निकै महत्वपूर्ण सूचकांक हो। पीएमआईले अर्थतन्त्रमा सेन्टिमेन्ट पनि दर्शाउँछ। पीएचआई राम्रो भएको खण्डमा अर्थतन्त्रमा उत्साहको सञ्चार हुन्छ। अर्थव्यवस्थामा यसको असर आम रुपमा महिनाको सुरुआतमा पीएमआईको आँकडा जारी गरिन्छ। जसबाट जीडीपी वृद्धिदर पहिले नै जारी गरिन्छ। 

केही देशका केन्द्रीय बैंकहरु ब्याजदरमा फैसला लिन पीएमआई सूचकांकको मद्दत लिने गर्छन्। किनकि राम्रो पीएमआई आँकडाले नै बताउँछ कि देशको आर्थिक हालत सुधारोन्मुख छ र अर्थव्यवस्थामा माग बढिरहेको छ। जसका कारण कम्पनीहरुलाई धेरै सामान बनाउने अर्डर प्राप्त हुन्छ। यदि कम्पनीको उत्पादन बढ्छ भने रोजगारको अवसर पनि बढ्छ। यसबाट देशको अर्थव्यवसथामा सकारात्मक प्रभाव पर्छ। 

त्यसैले अर्थशास्त्रीहरु पीएमआई आँकडा म्यानुफ्याक्चरिङ ग्रोथका लागि राम्रो संकेतक मान्छन्। वित्तीय बजारमा पनि पीएमआईको भूमिका निकै महत्वपूर्ण हुन्छ। किनकि पीएमआई सूचकांक कम्पनीहरुको आयको संकेत पनि दिन्छन्। यही कारणले बन्ड बजार र लगानीकर्ता दुवै यो सूचकांकमा नजर राख्छन्। यसकै आधारमा लगानीकर्ताहरु प्रतिस्पर्धी अर्थव्यवस्थाहरुमा लगानी गर्ने फैसला गर्छन्। – एजेन्सी