काठमाण्डौ । एनआईबिएल एस क्यापिटल र पायोनियर ल एसोसिएट्सको सहकार्यमा आइतबार ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको छ।
होटेल अलफ्टमा सम्पन्न कार्यशालामा कर्पोरेट हाउसहरुलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गरिएको थियो। कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो।
कार्यशालामा आईपीओ निष्कासन प्रक्रियाका विभिन्न विषयमा प्रस्तुति दिइएको थियो। कानुनी प्रक्रिया, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ प्राइसिङ, साइज टाइमलाइन र प्रक्रियाका विषयमा सहभागीहरुलाई सहजीकरण गरिएको थियो।
कार्यक्रममा विभिन्न कर्पोरेट हाउसका प्रतिनिधिहरुको सहभागिता थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago