काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडमा अब अनलाइनमार्फत लगानी व्यवस्थापन सेवा (पीएमएस) लिन सकिने भएको छ।
अहिले कोरोना महामारीका उपत्पन्न परिस्थितलाई ध्यानमा राख्दै लगानीकर्तालाई सेयर बजारमा लगानी गरी प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ लगानीकर्तालाई अनलाइन माध्यमबाट लगानी व्यवस्थापन सेवा (पीएमएस) सेवाका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञामा पीएमएलगायतका भौतिक रुपमा उपस्थित भई प्रदान गरिने सम्पूर्ण सेवाहरु पूर्ण रुपमा बन्द रहेकोले अनलाइनबाट आवेदन दिने व्यवस्था गरिने क्यापिटलको भनाइ छ।
लगानीकर्ताले एनआईसी एशिया क्यापिटलको पीएमएस अनलाइनमार्फत सहज रुपमा घरमै बसी लिई सेयर बजारमा लगानी गरी अल्पकालीन र दीर्घकालीन फाइदा लिन सक्ने क्यापिटलले जनाएको छ। उक्त सेवा लिने ग्राहकको लगानीसम्बन्धी निर्णय गर्दा सेयर बजारसम्बन्धी राम्रो ज्ञान र अनुभव भएका विज्ञ समूहबाट गरिने हुँदा लगानीकर्तालाई कम जोमिख बहन गरी उच्च प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त हुने क्यापिटलको विश्वास छ।
अनलाइनमार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकले एनआईसी एसिया क्यापिटलको वेबसाइट वा सोझै यो लिंक https://www.nicasiacapital.com/book-an-appointment मा क्लिक गरी थप जानकारीका लागि आफ्नो समय अनुकूल भर्चुअल मिटिङका लागि समय बुक गर्न सक्नेछन्। यसका साथै पीएमएस सेवा लिनका लागि सोझै https://portfolio.nicasiacapital.com/Global/Account/Login मा क्लिक गरी रितपूर्वक आवश्यक विवरण÷कागजातहरु अपलोड गर्नुपर्ने छ। उक्त सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोबाइल नं. ९८५११२१९९४ मा सोझै सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ।
निषेधाज्ञा समाप्त काठमाण्डौको बबरमहलस्थित एनआइसी एशिया क्यापिटलको प्रधान कार्यालय वा शाखा कार्यालयहरुमा उपस्थित भई बाँकी प्रक्रिया अनिवार्य रुपमा पूरा गर्न पनि क्यापिटलले आग्रह गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago