काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडको अध्यक्षमा कपील ढकाल नियुक्त भएका छन् । 

साउन १ गते सम्पन्न संचालक समितिको ९२ औं बैठकले एनआइसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । 

ढकालसँग Deloitte India (Big 4), ICICI Bank, India तथा हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । 

उनी प्रोफेसनल चार्टर्ड अकाउन्टेन्ट पनि हुन् । उनले एनआइसी एशिया बैंकको हालको एनआइसी एशिया बैंकको हालको Transformational Journey को उद्गमविन्दु मानिएको Business Process Reengineering विभागको प्रमुखको भूमिकाबाट उक्त बैंकमा प्रस्थान गरी बैंकको उच्च व्यवस्थापन तहमा रही १२ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव रहेको छ । 

हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले हासिल गरेको लामो कार्यानुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास व्यक्त गरिएको छ । 

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।