काठमाण्डौ । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको छ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनामा सहभागी भई लगानीकर्ताले आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउन सक्ने क्यापिटलले जनाएको छ। यो योजना व्यक्तिगत ग्राहकका लागिमात्र हुने र यसमा सहभागी हुन न्यूनतम ३०० इकाइ अनिवार्य खरिद गर्नुपर्ने क्यापिटलको भनाइ छ। 

यो योजना २०७८ साल असार २० गतेदेखि २०७८ साल असार २४ गतेसम्ममात्र लागू हुनेछ। 

यस योजनाको नतिजा २०७८ साल साउन १५ गते गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत गरिनेछ र योग्य सहभागीबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र सर्तहरुअनुसार पुरस्कार वितरण गरिने क्यापिटलले जनाएको छ। 

थप जानकारीका लागि, एनआईबिएल एस क्यापिटलको वेवसाइट www.niblcapital.com तथा मुख्य कार्यलय (फोन नम्बरस्( ०१४४२५२८०) मा सम्पर्क गर्न सकिनेछ।