काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ का अवसरमा सम्पूर्ण नेपाली लगानीकर्तामाझ विभिन्न आकर्षक योजना (अफर) ल्याएको छ।

यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटसहित योजनाहरु ल्याएको हो। योजनाअन्र्तत मात्र रु. २ हजारमा जीवनभरलाई डिम्याट र मेरो सेयर नवीकरण गर्ने मौका, नयाँ तथा पुराना हितग्राही खाता दुवैलाई लागू हुनेछ। 

त्यस्तै लगानी व्यवस्थापन सेवामा आबद्घ भई पहिलो वर्षमा ७०% वार्षिक शुल्क छुट उपलब्ध हुनेछ। व्यवस्थित लगानी योजना तथा इकाइ खरिद गरी ९ जना भाग्यशाली विजेताले रु २ हजार ७९ बराबरको एनआईबिएल सहभागिता फन्डको इकाइ जित्ने मौका पाउनेछन्।

यो योजना २०७९ साल वैशाख १ गतेदेखि २०७९ साल असार १७ गते (७९ दिन) सम्मका लागि लागू हुने क्यापिटलले जनाएको छ।