काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्घक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फन्ड’ नामक खुलामुखी योजनाका इकाइहरुको खरिदबिक्रीलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले सम्पन्न क्यापिटल एन्ड एडभाइजरी नेपाल लिमिटेडलाई सामूहिक लगानी कोष नियमावली तथा सोअन्तर्गतको निर्देशिकाबमोजिम योजनाको वितरक (एजेन्ट) का रुपमा नियुक्त गरेकोे छ।
यसअघि ‘एनआईबिएल सहभागिता फन्ड’ योजनाका इकाइहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा, नेपाल इन्भेस्टमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र गुडविल फाइनान्सका तोकिएका शाखामार्फत हुँदै आइरहेको छ।
विगत २ वर्षभन्दा बढी समयदेखि एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजनाले नेपालकै पुँजीबजारमा पहिलो खुलामुखी योजनाको परिचय बनाउन सफल भएको छ भने यस योजनाले सञ्चालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाइधनीलाई ८.२५ प्रतिशत र दोस्रो आर्थिक वर्षमा ५० प्रतिशत नगद लाभांश प्रदान गरिसकेको छ। यस योजनामा लगानी गर्न लगानीकर्ताले क्यापिटलको वेबसाइट (www.niblcapital.com) मा गई विद्युतीय प्रणालीमार्फत पनि लगानी गर्न सक्दछन् भने भुक्तानीका लागि इसेवा, खल्ती, कनेक्ट आईपीएस, थैली र नेपाल इन्भेस्टमेन्ट बैैंकको ई–बैंकिङ प्रयोग गर्न सक्नेछन्। लगानीकर्ताले यस योजनामा लगानी गर्न व्यवस्थित लगानी योजनामार्फत दर्ता भई नियमित रुपमा पूर्वनिर्धारण रकम लगानी गर्न सक्ने व्यवस्थासमेत रहेको छ।
यस योजनासम्बन्धि थप जानकारीका लागि एनआईबिएल एस क्यापिटलको वेबसाइट www.niblcapital.com तथा मुख्य कार्यालय (फोन नम्बरस् ०१–४४२५२८०, ०१–४४२५२८१) मा सम्पर्क गर्न सकिनेछ। यसका साथै योजना व्यवस्थापकबाट तोकिएका वितरकहरुको कार्यलयमा पनि सम्पर्क गर्न सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago