काठमाण्डौ । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले हरेक वर्षझै यस वर्षको धनतेरसको पावन उपलक्ष्यमा धनतेरस अफरअन्तर्गत लगानीकर्ताहरुलाई आफ्नो समृद्धिका लागि सोही दिन पारी लगानी गर्न सक्ने अवसर जुराएको छ।
लगानीका लागि शुभ दिन मानिने धनतेरस यस वर्ष कात्तिक ५ गते शनिबारको दिन परेको र सो अवसरमा धितोपत्र बजारमा लगानी गर्न चाहने लगानीकर्ताले लगानीका लागि अन्य कुनै विकल्प नहुँदा एनआईबिएल सहभागिता फण्डमा लगानी गरी लाभ प्राप्त गर्न सकिने गरी सोही दिन बिहान ११ बजेदेखि अपराह्न ५ बजे सम्मका लागि विशेष कारोबार सत्र सञ्चालन हुने गरी एनआईबिएल एस क्यापिटलले व्यवस्था मिलाएको छ।
यसका साथै सो अफरअन्तर्गत रु. १० हजार वा सोभन्दा बढी बराबरका एनआईबिएल सहभागिता फन्डको इकाइ खरिद गर्ने लगानीकर्ताका लागि सुन र चाँदीको सिक्का उपहारस्वरुप प्रदान गरिनेछ। यस अफरअन्र्तगत ३० हजार वा सो भन्दा बढी बराबर लगानी गर्ने १ भाग्यशाली लगानीकर्तालाई आधा तोला सुनको सिक्का र ५ भाग्यशाली लगानीकर्तालाई २ तोलाको चाँदीको सिक्का उपहारस्वरुप प्रदान गरिनेछ भने रु. १० हजारदेखि रु. ३० हजारसम्मको लगानी गर्ने ५ भाग्यशाली लगानीकर्तालाई समेत २ तोला चाँदीको सिक्का उपहारस्वरुप प्रदान गरिनेछ। भाग्यशाली विजेताहरुको चयन फेसबुक लाइभ गरी गोलाप्रथामार्फत गरिने क्यापिटलले जनाएको छ।
धनतरेसको दिन पारी एनआईबिएल सहभागिता फण्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले सोही दिन एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालयहरु तथा यस फन्डको अनलाइन प्रणाली https://mutualfund.niblcapital.com/ मार्फत योजनाको इकाइ खरिद गर्न सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago