काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा अन्तर्क्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा समेत छलफल गरेका थिए। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशस्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रमको सुरुआत सुदूरपश्चिम प्रदेशको धनगढीबाट गरिएको समेत जानकारी दिएको छ।
कार्यक्रममा लगानीकर्ताको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझावसमेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा यस्तै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने क्यापिटलले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19