काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा समेत छलफल गरेका थिए।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही पुस ३ गते प्रदेशस्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा लुम्बिनी प्रदेशको नेपालगन्जमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझावसमेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेसमेत क्यापिटलले जनाएको छ।
यसअघि यस्तै अन्तर्क्रिया कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत सम्पन्न भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19