काठमाण्डौ । पहिलापटक एनआईसी एसिया क्यापिटल लिमिटेडले शाखा विस्तार गरेको छ।

एनआईसी एसिया क्यापिटलले पहिलोपटक काठमाण्डौको कीर्तिपुरस्थित नयाँबजारमा आजबाट शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। पछिल्लो समयमा धितोपत्रको कारोबार गर्ने, लगानी व्यवस्थापन सेवा लिने र हितग्राही खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा रहेकोले सेवाग्राहीको सहजताका लागि शाखा विस्तार गरिएको क्यापिटलले जनाएको छ। यसबाट सेवाग्राहीले सहजताका साथ सेवा लिन सक्ने र क्यापिटलले उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्य लिइएको क्यापिटलले जनाएको छ।

हाल यो शाखाबाट लगानी व्यवस्थापनसम्बन्धी सम्पूर्ण सेवा, डिम्याट खाता र मेरो सेयर खोल्ने तथा नवीकरण गर्ने, अनलाइनमार्फत डिम्याट खाता खोलेका ग्राहकहरुको स्वयं उपस्थिति प्रमाणीकरण गर्ने सेवा र खुलामुखी योजनाका इकाइहरु खरिदबिक्री गर्ने काम हुने क्यापिटलले जनाएको छ। 

यसका साथ क्यापिटलले आगामी दिनमा उपत्यकाभित्र र बाहिर प्रमुख सहरहरुमा शाखा विस्तार गर्दै जाने रणनीति लिएको छ।