काठमाण्डौ। एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाका लागि ‘कस्टमर केयर’ को सुरुआत गरेको छ। 

आफ्ना ग्राहकको समस्या यथाशीघ्र समाधान तथा उनीहरुको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले ‘एनआईसी एसिया मो.बैंकिङ’ मार्फत यस नवीन कार्यको थालनी गरेको हो। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यस कस्टमर केयरबाट डिजिटल बैंकिङ प्रवर्द्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ। 
बैंकको मोबाइल बैंकिङ एपभित्र रहेको कस्टमर केयर आइकनमा ट्याप गरेपश्चात् निम्नलिखित सुविधा उपलब्ध छन् ः

च्याटबट ः मोबाइल बैंकिङ एपभित्र रहेको यस सुविधाभित्र ग्राहकले बैंकको अनलाइन सेवाहरू (इन्टरनेट÷मोबाइल÷भाइबर÷मिस्ड कल बैंकिङ तथा क्यूआर मर्चेन्ट भुक्तानी), विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ समयजस्ता विषयमा जानकारी पाउनका लागि सोझै च्याटमार्फत सजिलै प्राप्त गर्न सक्नेछन्। 

बैंकको प्रतिनिधिसँग सीधा सम्पर्क ः यसमार्फत ग्राहकले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो सेयर, कर्जा, अनलाइन खाता, रेमिट्यान्सलगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सीधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ।

गुनासो टिकट : ग्राहकले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्न सक्नेछन् र आफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको ‘रियल टाइम ट्रयाकिङसमेत सजिलै गर्न सक्नेछन्। 

Video Tutorial: बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिकाबारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्रीसमेत ग्राहकले हेरी डिजिटल सेवाहरू आफैँ उपभोग गर्न सक्नेछन्। 

ई–मेल सुविधा : ग्राहकले यस कस्टमर केयरभित्र रहेको ई–मेल आइकनमा क्लिक गरी बैंकलाई सीधै ई–मेल पठाउन सक्ने व्यवस्थासमेत रहेको छ।

FAQs: बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तरहरू अध्ययन गरेर ग्राहकले आफ्नो जिज्ञासा मेटाउनसमेत सक्नेछन्। 

ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी यस बैंकका सेवासम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ आवश्यकतालाई हरसम्भव बैंकसमक्ष पुर्याउन यो सुरुआत निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहकमा सन्तुष्टि वृद्धि गर्ने बैंकले विश्वास लिएको छ।

बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत २२ लाख बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।