काठमाण्डौ । कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिका बाबजुद एनआईसी एसिया क्यापिटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म व्यवसायमा उत्साहजनक वृद्धि गर्न सफल भएको छ।
तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार क्यापिटलले समीक्षा अवधिसम्म ५ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी रु. ३६.५७ कायम गर्न सफल भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले बढी हो।
क्यापिटलले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत समीक्षा अवधिसम्म ९ वटा कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ। निष्कशन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हाल सम्म ६ वटा कम्पनीको प्राथमिक सेयर निष्कासन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन र १२ वटा कम्पनीको बोलकबोलमार्फत सेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको छ।
हाल क्यापिटलले एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत ३ वटा योजना सञ्चालन गरिरहेको छ। जसअन्तर्गत दुईवटा बन्दमुखी योजना ‘एन आईसी एशिया ग्रोथ फण्ड’ र ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ तथा एउटा खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ छन्। चौथो रु. १ अर्बबराबरको योजना ‘एनआईसी एशिया सेलेक्ट–३०’ (इन्डेक्स फण्ड) नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिको चरणमा रहेको छ।
‘एनआईसी एशिया ग्रोथ फण्ड’ तथा ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ ले सञ्चालनमा आएको पहिलो वर्षदेखि नै नगद लाभाशं वितरण गर्न सफल भएको छ। ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष १२ प्रतिशत गरी हालसम्म २२ प्रतिशत लाभाशं वितरण गरिसकेको छ भने ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको पहिलो वर्षको आठ महिनाको अवधिमै ८ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको छ। उक्त लाभाशं वितरण पश्चात समेत आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अन्तमा एनआईसी एशिया ग्रोथ फण्ड’ को खुद सम्पत्ति मूल्य (न्याभ) १७.८६ र एनआईसी एशिया ब्यालेन्सड् फण्डको न्याभ १६.५५ तथा एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको न्याभ ११.०९ कायम गर्न सफल भएको छ।
क्यापिटलले समीक्षा अवधिसम्म लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी तथा नवीनतम विभिन्न योजनाहरु सञ्चालन गरी ४६६ जना ग्राहकबाट रु. १ अर्ब १५ करोडभन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइएको छ। हालको बजार मूल्यका आधारमा गणना गर्दा उक्त रकम रु. १ अर्ब ५४ करोडभन्दा बढी रहेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १०५.५४ प्रतिशतले वृद्धि हो।
क्यापिटलले यो अवधिसम्म ३ लाख ७० हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याका आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ। जसका कारण क्यापिटलले समग्र बजारको १०.८६ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ।
हाल क्यापिटलले काठमाण्डौ उपत्यकाभित्र कीर्तिपुर, चाबहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ। साथै, निकट भविष्यमा काठमाण्डौ उपत्यकाबाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago