काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन्।
यस अनलाइन सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका लागि बैंकको शाखा पुग्नुपर्ने छैन र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्दछन्। जसले गर्दा बैंकका ग्राहकलाई हालको लकडाउनको अवस्थामा थप सहज हुने विश्वास बैंकले गरेको छ।
हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरुमार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका लागि कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ ।
अनलाइन सेल्फ भेरिफाई गरिएकाखाताहरुकालागि बैंकले प्रतिदिन रु २ लाख तथा प्रति महिना रु १० लाख सम्मको कारोबार सीमाप्रदान गरेको छ भने अयललभअतक्ष्एक्मा रहेको पूर्ण कारोबार सीमाको लागिभने ग्राहकले बैंकमाफर्म बुझाएर एकपटक भेरिफाई गराउनुपर्ने हुन्छ।
अनलाइन सेल्फ भेरिफाई गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन रु २ लाख तथा प्रतिमहिना रु १० लाखसम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाका लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एकपटक भेरिफाई गराउनुपर्ने हुन्छ।
बैंक खाता लिंक गरी अनलाइन सेल्फ भेरिफाई कसरी गर्ने ?
अनलाइन सेल्फ भेरिफाई प्रक्रियाका लागि भने ग्राहकले कनेक्ट आईपीएसमा रजिस्टर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर भने एउटै हुनुपर्ने हुन्छ। सेल्फ भेरिफाई गरिएका खाताको कारोबार सीमा बैंकबाटै तोकिने हुँदा विभिन्न बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको सीमा फरक हुन सक्दछ।
यसरी अनलाइनबाट सेल्फ भेरिफाई गर्ने सुविधा हाल १६ वाणिज्य बैंक, ६ विकास बैंक र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको छ। कनेक्ट आईपीएसमा हाल ५४ बैंक तथा वित्तीय संस्था सदस्य छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago