काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 9001:2015 certification प्राप्त गरेको छ । जसले एनआईसी एशिया क्यापिटलसँग आवद्ध ग्राहकहरुलाई शीघ्र, सुविधाजनक, उच्चतम गुणस्तर तथा क्यापिटलले प्रदान गर्ने सेवाहरुको विश्वसनीयता उच्च रहेको पुष्टि गर्दछ ।

एनआईसी एशिया क्यापिटल ISO 9001:2015 certification  प्राप्त गर्ने पहिलो मर्चेन्ट बैंकर बन्न पनि सफल भएको छ । उक्त प्रमाणपत्रको प्राप्तिसँगै एनआईसी एशिया क्यापिटलले गुणस्तरीय सेवाहरु प्रदान गर्नुको साथै सेवामा निरन्तर समयसापेक्ष सुधार तथा विकास गर्दै प्राप्त मान्यतालाई निरन्तरता दिई सेवाग्राहीमूखी छिटोछरितो र उच्च कोटीको सेवा प्रदान गर्ने प्रतिबद्ध गरेको छ ।

छिटो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एशिया क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गतको सामूहिक लगानीकोष योजना ‘एनआईसी एशिया ग्रोथ फन्ड’ तथा ‘एनआईसी एशिया ब्यालेन्सड् फन्ड’ सञ्चालन गरिरहेको छ ।