काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको डेभिडेन्ड रि–इन्डेस्टमेन्ट प्लान सञ्चालनमा ल्याइएको छ।
यो योजनाले इकाइधनीहरुलाई १० प्रतिशत (करसहित) का दरले प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ। उक्त प्रतिफल वितरण गर्नका लागि गत साउन २८ गते इकाइधनी दर्ता किताब बन्द गरिएको थियो।
यस खुलामुखी योजनाबाट वितरण गरिएको प्रतिफललाई पुनः लगानी गर्न मिल्ने गरी योजना सञ्चालन गरेको छ। उक्त योजनामा सहभागी हुनका लागि एनआईसी एशिया क्यापिटलको वेबसाइट www.nicasiacapital.com वा सोझै https://nicddf.nicasiacapital.com/Modules/MainPage/DREPRegistration.aspx मा क्लिक गरी रितपूर्वक विवरण भरी उक्त प्रतिफल रकमबराबरको इकाई सम्बन्धित इकाइधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाइएको छ।
यसका साथै यस योजनामा सहभागी हुनका लागि यही भदौ १० गतेसम्म इकाइधनीहरुले आवेदन दिन सक्नेछन्।
एनआईसी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फन्ड, सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago