काठमाण्डौ। एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध रु. १० लाखबराबरको घातक रोग बीमा रकम एकजना खातावालालाई भुक्तानी गरेको छ। जसअनुसार बैंकको काठमाण्डौस्थित बत्तीसपुतली शाखामा न्यु प्रिमियम सुपर चमत्कारिक बचत योजनाअन्तर्गतको ‘डायमन्ड श्रेणी’को खाता खोलेका काठमाण्डौ भीमसेनगोलानिवासी ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमाबापत रु. १० लाख बीमा रकम भुक्तानी गरिएको हो।

पन्तलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका छन्। पन्तलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ। 

एनआईसी एशिया बैंकको बीमासहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० जनाभन्दा बढी ग्राहकले बीमाबापत रु. ४ करोड ३० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन्। 

आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरुलाई सोहीअनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरुले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले हाल लिएर आएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणीअन्तर्गत ५ वर्षका लागि खातावाला एवं निजले मनोनित गरेका ३ अन्य व्यक्तिको प्रतिव्यक्ति रु. २१ लाखसम्मको गरी कुल रु. ८४ लाखसम्मको बीमा फाइदाको व्यवस्था गरेको छ। साथै, यस निक्षेप योजनाअनुसार ग्राहकले प्राप्त गर्ने ३ बीमासम्बन्धी फाइदा, ३ कर्जासम्बन्धी फाइदालगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर सेवा, एटीएमलगायत १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक ५ वर्षका लागि पूर्ण रुपमा निःशुल्क रहने व्यवस्था बैंकले गरेको छ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। 

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. २ अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ। वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरु स्थापना गरेको छ।