काठमाण्डौ । मान्छेको जीवन कहिले के पर्छ पत्तै हुँदैन। दुर्घटना वा रोगले जसलाई पनि जुनबेला पनि आइपर्न सक्छ। जीवनको यस्तै अनिश्चित घटनाबाट गुज्रिएका रुपन्देही, बुटवल, ड्राइभरर टोलका लक्ष्मण खनाललाई एनआईसी एशिया बैंकको बीमाले जीवन बचाउन ठूलो सहयोग गरेको छ।

खनालले तीन वर्षअघि नै एनआईसी एशिया बैंकमा खाता खोलेका थिए। उनले खाता खोलोवापत दुर्घटनामा परेमा, घातक रोग भएमा वा ओपिडीको उपचारको लागि बीमा पाइने सुनेका थिए। ‘बैंकबाट यी फाइदाहरु छन् भन्ने थाहा पाएपछि मैले त्यो बेला न्यूनतम ५० हजार रुपैयाँ राखेर खाता खोलेको थिएँ’, खनाल भन्छन्। 

खनाललाई बीचमा ५० हजार रुपैयाँ न्यूनतम किन राख्ने, सामान्य खातामात्रै राख्छु भन्ने नलागेको पनि होइन। ‘जुनबेला जे पनि पर्न सक्छ,’ बैंकका कर्मचारीले खनाललाई सम्झाए, ‘दुर्घटना वा रोग उपचारलाई फाइदा उपलब्ध छ।’

१ लाख रुपैयाँ न्यूनतम ब्यालेन्स राखेर खोलेको उक्त खाता अहिले खनालको जीवनमा सबैभन्दा ठूलो सहयोगी बनेको छ। बैंकका कर्मचारीले ‘सर्वश्रेष्ठ खाता खोल्नुस्, जीवनमा जे पनि पर्न सक्छ, त्यो बेला सहयोग हुनसक्छ,’ भनेको कुरा देउताको बोली जस्तो लागेको छ उनलाई। 

जीवनका यात्रामा जहाँ, जहिले पनि, जे पनि हुन सक्छ भने जस्तै खनाललाई ढाडमा ट्युमर देखियो। ढाडको ट्युमर उपचारको लागि ठूलो खर्च लाग्ने भयो। काठमाण्डौ हरिसिद्धीस्थित नेपाल क्यान्सर एन्ड रिसर्च सेन्टरमा उपचार सुरु गरे। ‘अहिलेसम्म मेरो उपचारको लागि ३२ लाख रुपैयाँ खर्च भइसकेको छ’, खनाल भन्छन्, ‘यो धेरै ठूलो खर्चिलो रोग हो।’ अहिले पनि उपचार गरिरहेका छन्।

यही उपचारको क्रममा एनआईसी एशिया बैंकको खाताको बीमाले उपचारमा धेरै सहयोग मिलेको खनालको भनाइ छ। उनले बीमा रकमवापत १० लाख रुपैयाँ पाएका छन्।  ‘मैले १० दिनअघि एनआईसी एशिया बैंकबाट १० लाख रुपैयाँ बीमाबापतको पैसा पाएको छु,’ खनाल भन्छन्, ‘मेरो उपचारका लागि यसले ठूलो सहयोग गरेको छ।’ 

उपचारमा ठूलो खर्च भए पनि एनआईसी एशिया बैंकमा खाता भएकै आधारमा त्यत्ति ठूलो रकम पाएकोमा उनी खुसी छन्। उनले अब यो फाइदा आफूले मात्र पाएका छैनन्। उनले एक एम्बेसडर खाता खोलेवापत परिवारका अन्य तीन जनाले पनि यो खाता खोल्ने फाइदा पाएका छन्। अर्थात् उनीहरुले खनालले जस्तो १ लाख रुपैयाँ न्यूनतम ब्यालेन्स पनि राख्नुपर्दैन। तर, बीमाको फाइदा भने पाउनेछन्। 

‘अब अरु तीन जनाको खाता पनि खोलिएको छ’, खनालले भने। 

खनाल एक प्रतिनिधि पात्रमात्र हुन्। खनालजस्तै एनआईसी एशिया बैंकको खाताबापतको बीमा फाइदा पाउनेको ग्राहकको संख्या ७०० पुगेको छ। अर्थात, एनआईसी एशिया बैंकका ७०० भन्दा बढी ग्राहकले दुर्घटना, घातक रोग वा स्वास्थ्य उपचारका लागि बीमा भुक्तानी पाइसकेका छन्। ७०० भन्दा बढी ग्राहकको बीमा भुक्तानीको लागि बैंकले अहिलेसम्म ४ करोड ३० लाख रुपैयाँ भन्दा बढी भुक्तानी गरिसकेको छ। जसमध्ये ५१ जनाले दुर्घटना बीमा प्राप्त गरेका छन्। 

दुर्घटना बीमाका लागि ६९ लाख ११ हजार ४ सय ४७ रुपैयाँ भुक्तानी भइसकेको छ। त्यस्तै, घातक रोक बीमावापत १४ जना ग्राहकले भुक्तानी पाइसकेका छन्। घातक रोगका लागि १४ जनालाई १ करोड ६० लाख रुपैयाँ बीमा भुक्तानी गरिएको छ। 

त्यस्तै, एनआईसी एशिया बैंकले दुर्घटना वा गम्भीर दीर्घ रोगका लागिमात्र होइन, सामान्य स्वास्थ उपचार अर्थात ओपीडीका लागि पनि बीमा फाइदा उपलब्ध गराएको छ। जसले गर्दा सामान्य रोग लागेको व्यक्तिले अस्पताल भर्ना भएको आधारमा पनि बीमा फाइदा उपलब्ध रहेको छ। अहिलेसम्म ओपीडी स्वास्थ्य उपचारका लागिमात्रै ६४४ जनाले बीमा भुक्तानी पाइसकेको बैंकले जनाएको छ। ओपीडी मेडिकलको लागि १ करोड ९१ लाख ५३ हजार ५२९ रुपैयाँ बीमा भुक्तानी भइसकेको छ। 

बैंकले कात्तिक १ गतेदेखि आफ्ना ग्राहकलाई विशेष फाइदा र सेवा उपलब्ध गराउने उद्देश्यले सर्वश्रेष्ठ बचत खाता योजना ल्याएको थियो। सर्वश्रेष्ठ बचत खाता योजना अहिले ग्राहकवर्गमा निकै लोकप्रिय भएको छ। सर्वश्रेष्ठ बचत खाताको गुडविल एम्बेसडर श्रेणीमा सर्वाधिक उच्च ब्याजदर, रु. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु उपलब्ध छन्। यस खाता योजनाका विभिन्न फाइदामध्ये आम ग्राहकवर्गले मन पराएको फाइदा हो, बीमा। बैंकको एम्बेसडर खाता खोल्दा ग्राहकले अहिले ८४ लाख रुपैयाँसम्म बीमा फाइदा पाउने छन्। यसमा दुर्घटना बीमाका लागि ४० लाख रुपैयाँ उपलब्ध गराएको छ।

त्यस्तै दीर्घ रोगका लागि पनि ४० लाख रुपैयँ बीमा उपलब्ध गराएको छ। मेडिलक बीमाको लागि बैंकले ४ लाख रुपैयाँ उपलब्ध गराएको छ। ४ लाख रुपैयाँको बीमामध्ये ओपीडीका लागि ८० हजार रुपैयाँसम्म र अस्पताल भर्ना भएमा ३ लाख २० हजार रुपैयाँसम्म उपलब्ध हुनेछ। 

बैंकले यो बीमा फाइदाको अवधिलाई ५ वर्ष पुर्याएको छ। यसअघि बैंकले १ वर्षको लागि मात्र यो फाइदा उपलब्ध गराएको थियो। यो सँगै बैंकले यस्तो बीमा परिवारका चार सदस्यले पनि प्रयोग गर्न सक्ने फाइदा थपेको छ। यसअघि बैंकले खाता जसले खोलेको हो, उसले मात्र बीमो फाइदा प्रयोग गनै पाउँथ्यो। 

अब परिवारका एक खाता सदस्या बाहेक थप तीनजनाले यस्तो बीमा फाइदा पाउनेछन्। यसका लागि ती तीन सदस्यले एनआईसी एशिया बैंकको खाता पनि खोल्नुपर्छ तर पहिलो व्यक्तिले जस्तै न्यूनतम एक लाख रुपैयाँ राख्नै पर्ने प्रावधान भने राखिएको छैन। 

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले ग्राहकले सर्वश्रेष्ठ बचत खातालाई अत्यधिक मनराएका कारण बीमा फाइदालाई अझ बढाएर ८४ लाख रुपैयाँ पुर्याएको बताए। ‘अब ग्राहकले सर्वश्रेष्ठ बचत खातामा ५ वर्ष अवधिको बीमा फाइदा पाउनुहुनेछ’, न्यौपानेले भने, ‘यस खाताको लागि ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान रहेका छन्।’ 

सर्वश्रेष्ठ बचत खाताका लागि एम्बेसडरबाहेक प्राइड र पार्टनर भन्ने खाता पनि खोल्न सकिन्छ। प्राइडले ४२ लाख रुपैयाँ बीमा फाइदा पाउँछन। यसको लागि ५० हजार रुपैयाँमात्र ब्यालेन्स भए पुग्छ। त्यस्तै, पार्टनर खाताका लागि २५ हजार रुपैयाँ ब्यालेन्स भए पुग्छ। यो खाता खोल्नेले २१ लाख रुपैयाँबराबरको बीमा फाइदा उपलब्ध छ। प्राइड र पार्टरनको बीमा फाइदा अवधि ५ वर्ष रहेको छ। 

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खातासँगै सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता, सर्वश्रेष्ठ मुद्दति खाता र सर्वश्रेष्ठ सहज बचत खाताको फाइदा पनि रहेको छ । एउटा सामान्य ग्राहकका लागि सर्वश्रेष्ठ बचत खाता हो भने महिलाका लागि लकरलगायतमा फाइदा दिन नारी सर्वश्रेष्ठ बचत खाताको फाइदा रहेको छ। त्यस्तै, ज्येष्ठ नागरिकलाई होम बैंकिङ फाइदासहित जेष्ठ नागरिक सर्वश्रेष्ठ बचत खाता उपलब्ध रहेको छ।