काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज फागुन २२ गतेबाट छैटौँ वर्षमा प्रवेश गरेको छ।
क्यापिटलले सञ्चालनमा आएको पाँचौँ वर्ष पूरा गरेको अवसरमा क्यापिटलबाट लगानी व्यवस्थापन सेवा लिइरहेका सेवाग्राही, हितग्राही खाता खोली कारोबार गर्ने खाताधारक, सामूहिक लगानी योजनामा लगानी गरेका इकाइधनी, सेयर रजिस्ट्रार सेवामा आबद्ध कम्पनीहरु तथा नियमक निकायहरुलगायत सम्पूर्ण सरोकारवालामा कृतज्ञता तथा आभार व्यक्त गरेको छ।
वार्षिकोत्सवका अवसरमा क्यापिटलबाट प्रदान गरिने निम्न सेवाहरुमा विशेष छुटका साथ निम्नानुसारको नयाँ÷परिमार्जित योजनाहरु सञ्चालनमा ल्याएको छ।
लगानी व्यवस्थापन सेवा (पीएमएस) अन्तर्गत
लगानी व्यवस्थापन सेवाअन्तर्गत ग्राहकलाई न्यून लागतमा उच्च कोटीको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको पाँचौँ वार्षिकोत्सवका अवसरमा ५ मा ५ अफरसहित लगानी व्यवस्थापन सेवा लिने ग्राहकलाई आउँदो चैत मसान्तसम्म लागू हुनेगरी विशेष छुट योजना ल्याएको छ।
लगानी व्यवस्थापन सेवाअन्तर्गतको ५ मा ५ छुट योजनाहरु
एनआईसी एशिया म्युचुअल फन्ड सेवाअन्तर्गत (Buy 100, Get 120 units)
एनआईसी एशिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको इकाइ खरिद गर्दा खरिद गरिएका इकाइभन्दा २० प्रतिशत बढी इकाइ वा अधिकतम रु. १ हजारसम्मको इकाइ थप गरी खरिदकर्ताको डिम्याट खातामा जम्मा गरिदिने नयाँ योजना सार्वजनिक गरेको छ। उक्त योजना आउँदो चैत मसान्तसम्म इकाइ खरिद गर्ने ग्राहकले मात्र प्राप्त गर्नेछन्।
मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत
एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलोपटक मर्चेन्ट बैंकिङ (संस्थागत परामर्श) सेवाअन्तर्गत “IDEA to IPO” नामक नयाँ सेवा सञ्चालन गरिरहेको छ। जसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, further Expansion हुँदै IPO जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ। उक्त सेवा जुनसुकै क्षेत्र तथा जुनसुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्नेछन्।
निक्षेप सदस्य सेवाअन्तर्गत
‘एक नेपाली, एक डिम्याट’ खाता अभियानअन्तर्गत ग्राहकलाई विभिन्न छुटसहित सहज, सरल र उच्च कोटीको ग्राहकमुखी सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ क्यापिटलले विशेष छुटसहित विभिन्न योजना सञ्चालन गरिरहेको छ। पाँचौँ वार्षिकोत्सवका अवसरमा क्यापिटलले एनआईसी एशिया डिम्याट सेवाअन्तर्गत आउँदो चैत मसान्तसम्म निःशुल्क डिम्याट खाता सेवासहित थप नयाँ योजना सञ्चालन गरेको छ।
एनआईसी एशिया केटाकेटी डिम्याट सेवा
क्यापिटलले बालबालिका लक्षित डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ। उक्त एनआईसी एशिया केटाकेटी डिम्याट सेवाका विशेषताहरु निम्नानुसार छन्–
माथि उल्लेखित योजनाका अतिरिक्त हाल क्यापिटलले एनआईसी एशिया डिम्याट सेवाअन्तर्गत निम्न सेवाहरु सञ्चालन गरिरहेको छ–
यसका साथै क्यापिटलले पाँचौँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौ लायन्स क्लबसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरी क्यापिटलमा कार्यरत कर्मचारीहरुले रक्तदान गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago