काठमाण्डौ । नयाँ वर्ष २०७९ ले सम्पूर्ण ग्राहकमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सबाट सामग्री किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ। 

यस आकर्षक योजनाअन्तर्गत Daraz बाट २०७८ चैत २८ देखि २०७९ वैशाख ७ सम्म, Sastodeal बाट २०७८ चैत २९ देखि २०७९ वैशाख ३ सम्म र Gyapu बाट २०७८ चैत २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्री खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ। त्यसैगरी CG|LG Digita बाट २०७८ चैत ३० का दिन रु. २० हजारभन्दा बढीको सामग्री खरिद गरी बैंकका ग्राहकले पीओएस तथा ई–कमर्शमार्फत भुक्तानी गर्दा रु. २०७९ नगद फिर्ता (क्यासब्याक) हुने योजनासमेत बैंकले ल्याएको छ। 

देशमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका लागि ई–कमर्श कम्पनीहरुबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको हो। यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइटमा रहेको आई–सर्भमार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन्। 

यस योजनाअनुसार उपर्युक्त ई–कमर्शबाट निम्नलिखित छुट प्रदान गरिएको छ– 

यसका साथै बैंकले फोनपेसँग सहकार्य गर्दै एनआईसी एसिया मोबैंकमार्फत २०७८ चैत ३० का दिन क्यूआर भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा रु. १०० नगद फिर्ता प्राप्त हुने व्यवस्था गरेको छ। जसमा एकजना ग्राहकले अधिकतम ३ वटासम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुनेछ। साथै, सोही दिन क्यूआर भुक्तानी गर्ने र क्यूआर भुक्तानी लिने १०–१० जना भाग्यशाली ग्राहक र मर्चेन्टलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोही क्षेत्रमा रहेको होटेल एभरेस्ट भ्यूमा ब्रेकफास्टको अवसर रहेको छ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। 

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. ३ अर्ब १६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ।