काठमाण्डौ । गतिशील बैंकिङको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याइरहेको एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शबाट वस्तु तथा सेवाको खरिद गर्दा रु. ५००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ।

यस योजनाअन्तर्गत Daraz, Gyapu, Sastodeal, Bhojmandu, Food bite (Quikr), UG Bazar, Khaanpin जस्ता ई–कमर्शबाट विभिन्न सामग्री खरिद गर्दा एवं Taximandu, Yeti airlines, Sony LIV र Alt Balaji का अनलाइन प्लेटफर्ममार्फत विभिन्न सेवा लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा  NIC ASIA MoBank मार्फत अनलाइन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यसका लागि ग्राहकले यस बैंकको वेबसाइटबाट अनलाइन खाता खोली उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहकलाई एसएमएस वा इमेलमार्फत माथि उल्लेखित मर्चेन्टहरुद्वारा प्रदान गरिएको Promo code वा Discount link पठाउने व्यवस्था गरेको छ। 

बैंकले पठाएको Promo code वा Discount link प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुनेछ। अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो। 

यो योजनाबाट लाभ लिनका लागि ग्राहक महानुभावहरुले यस बैंकको वेबसाइट www.nicasiabank.com मार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाइन खाता खोल्ने व्यवस्था गरेको छ। यसरी अनलाइन खाता खोलेपश्चात् ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा गई KYC form भरी आफ्नो अनलाइन खाता पूर्ण रुपमा सुचारु गर्नुपर्नेछ। 

हाल अनलाइन खाता खोल्ने प्रक्रिया चुनौतीपूर्ण रहेको अवस्थामा बैंकले अनलाइन खाता खोल्न थप सहज होस् भन्ने उद्देश्यले ग्राहक महानुभावहरुलाई Missed call बाट नै सहज रुपमा खाता खोल्ने योजना ल्याएको छ। जसअनुरुप ग्राहकले ९८०१२२७७५५ मा Missed call दिएपश्चात् निजले बैंकबाट अनलाइन खाता खोल्ने लिंक सहितको एसएमएस प्राप्त गर्नेछन् र बैंक प्रतिनिधिले समेत निजलाई सम्पर्क गरी अनलाइन खाता खोल्ने प्रक्रिया बारे विस्तृत रुपमा सहयोग प्रदान गर्ने व्यवस्था रहेको छ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरु, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। 

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु.३ अर्ब १६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरु स्थापना गरेको छ।