काठमाण्डौ । एनआईसी एशिया बैंकले अतुलनीय फाइदासहितको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ सार्वजनिक गरेको छ।
देशको दूरदराजमा रहेका लाखौँ ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दति रकम फिर्ता हुने योजना ल्याएको हो। यो निक्षेप योजनामा उच्च प्रतिफलका साथमा ५ वर्षका लागि रु. ८४ लाखसम्मको बीमा सुविधा रहेको छ।
यसका साथै यो योजनामा ग्राहकले रु. ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा र निक्षेप तथा पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशतसम्म कर्जा सुविधा पाउने बैंकले जनाएको छ।
यस योजनाका बारेमा ग्राहकलाई थप प्रस्ट पार्न जानकारीमूलक भिडियोसमेत तयार पारेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19